प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषय, संसदको हिउँदे अधिवेशन र कोरोनालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘संसदको हिउँदे अधिवेशन, कोरोना महामारी र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो,’ प्रेस सल्लाहकार थापाले डिसी नेपालसँग भने। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ
प्रतिक्रिया
Facebook Comment