फ्लोर क्रस गरेका तीनजना प्रदेश सदस्यहरु एमालेबाट निश्कासित

डिसी नेपाल
४ वैशाख २०७८ १७:२८

काठमाडौं। कर्णाली प्रदेशसभामा शुक्रबार पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका तीनजना प्रदेशसभा सदस्यलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासित गरिएको छ।

एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासित गरिएको हो।

उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरेर जघन्य अपराध गरेकाले पार्टीबाट निश्कासन गरिएको कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यस्तै बैठकले फ्लोर क्रस गर्ने अर्का नेता प्रकाश ज्वालाई कारबाही गर्न एमाले केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ।

शुक्रबार प्रदेशसभामा माओवादी नेता तथा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए। उनको सो प्रस्तावमाथि मतदान हुँदा एमालेका ४ जनाले उनलाई समर्थन गरेपछि सरकार जोगिएको थियो। प्रदेशसभामा एकल बहुमत रहे पनि एमालेले शाहीको सरकार ढाल्न सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *