रामबहादुर थापा ‘बादल’को पद गयो

डिसी नेपाल
५ वैशाख २०७८ १०:१५

काडमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद गएको छ । यससँगै अब उनको गृहमन्त्री पद पनि जानेछ । नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो ।

संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त हुन गएको जानकारी दिएको छ । बादल अहिले गृहमन्त्री पनि छन् । सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ ।

तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *