बालुवाटारमा मन्त्रिपरिषद बैठक : विद्यालय बन्द गर्ने/नगर्ने विषयमा छलफल

डिसी नेपाल
६ वैशाख २०७८ ९:४३

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ। कोरोना नियन्त्रण र रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल गर्न बैठक बसेको एक मन्त्रीले जानकारी दिए।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएको र त्यसबाट स्कुल जाने उमेर समूहका बालबालिका बढी प्रभावित भएपछि सरकारमाथि स्कुल बन्द गर्न चौतर्फी दबाव छ। स्वास्थ्य मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सुझाव दिएको छ भने आफ्ना बालबालिकालाई स्कुल नपठाउन अपील गरेको छ।

तर प्याब्सन र एनप्याब्सनले स्कुल बन्द नगर्न सरकारलाई सुझाव दिँदै आएका छन्। मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम र नियन्त्रणका विषयमा छलफल हुनुका साथै विद्यालय बन्द गर्ने नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

बैठकबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ । यसैगरी बैठकमा संसदको हिउँदे अधिवेशन, जसपाका मागका विषयमा पनि छलफल भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *