सेवा नेपालको अध्यक्षमा चौधरी निर्वाचित
काठमाडौं । सेवा नेपालको २७औँ वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सम्पन्न भएको छ । सो अवसरमा गत शनिबार काठमाडौंमा सेवा नेपालको नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्य समितिको अध्यक्षमा गीता चौधरी, उपाध्यक्षमा केशवराज लम्साल, सचिवमा समिता केसी, कोषाध्यक्षमा सुप्रिया मिश्र तथा सह–सचिव रचना श्रेष्ठ सर्वसम्मतिले चुनिएका हुन् । त्यसैगरी, कार्य समितिका सदस्यहरुमा कविता झा, सत्यम् शर्मा सापकोटा, निर्मल शर्मा र मन्जु ठाकुर चुनिएका छन् ।
नवौं महाधिवेशनका अवसरमा आयोजित कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कल्याणी शाहले नवनियुक्त अध्यक्ष चौधरीलाई अध्यक्ष पदको कार्यभार सुम्पेकी छन् ।
गत २०४९ सालमा चेतना नै शक्ति भन्ने नाराका साथ गठित सो गैर नाफामूलक गैरसरकारी संस्थाले वातावरण संरक्षण, उपभोक्ता हित सम्वद्र्धन तथा महिला सशक्तिकरणलगायतका क्षेत्रहरुमा आफ्नो योगदान पुर्याउँदै आएको छ ।
Facebook Comment