१२ सय २७ कोरोना संक्रमित थपिए, सबैभन्दा बढी काठमाडौंमा, ८ जनाको मृत्यु
काठमाडौं। गत २४ घण्टामा १ हजार २ सय २७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै ८ जनाले गएको २४ घण्टामा कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ सय ५ जना कोरोनाका संक्रमित थपिएका हुन्। प्रदेश १ मा ६४ जना, प्रदेश २ मा ८० जना, बागमतिमा काठमाडौंसहित ६ सय ९२, गण्डकीमा ८५ जना, लुम्बिनीमा २ सय ४, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ९४ जना कोरोनाका संक्रमित थपिएका छन्।
उमेर समूहका अनुसार २० वर्षदेखि २९ वर्षका ३ सय ७ जना, ३० देखि ३९ का २ सय ७५, ४० देखि ४९ का २ सय २२ र अन्य उमेर समूहका ४ सय २२ जना कोरोनाका संक्रमित थपिएका हुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ जना ९० देखि १०० वर्ष उमेर समूहका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार २ सय ५४ जना आइसोलेसमा रहेका छन् भने ८१ जना क्वारेन्टाइनमा रहेका छन्। २४ घण्टामा संक्रमित हुनेमा ७ सय ७१ पुरूष र ४ सय ५६ जना महिला रहेका छन्।
Facebook Comment