गण्डकी प्रदेशमा विशेष प्रदेशसभा अधिवेशन आह्वान

डिसी नेपाल
६ वैशाख २०७८ १७:४४

काठमाडौं। गण्डकी प्रदेशमा विशेष प्रदेश सभा अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते १ बजे बैठक बस्नेगरी अधिवेशन बोलाएका हुन् ।

गएको बैशाख २ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । सोही अनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेका थिए । त्यसको भोलिपल्टै तीन अन्य दलले विशेष अधिवेशन बोलाएका थिए । मुख्यमन्त्रीले अधिवेशन अन्त्य गर्नु ठिक अघि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।

मुख्यमन्त्रीले संसद विघटन गरेको भोलिपल्टै बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *