माधव नेपाल पक्षीय २७ सांसदलाई एमालेकाे स्पष्टीकरण : तपाईंलाई सांसद पदबाट किन नहटाउने?

डिसी नेपाल
७ वैशाख २०७८ १४:११

काठमाडाैं। नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ। उनका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ।

उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ।

उनका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहेका छन्। यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।

‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने? आधार कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु,’ ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ, ‘तपाईँलाई सच्चिनको लागि यो अन्तिम मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ।’

स्पष्टिकरण साेधिएका सांसदहरू

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) योगेश भट्टराई

६) सोमप्रसाद पाण्डे

७) विरोध खतिवडा

८) यज्ञराज सुनुवार

९) दिपकप्रकाश भट्ट

१०) कृष्णलाल महर्जन

११) मुकुन्द न्यौपाने

१२) रामकुमारी झाँक्री

१३) पवित्रा निरौला

१४) झपट रावल

१५) मेटमणि चौधरी

१६) जीवनराम श्रेष्ठ

१७) भवानी खापुङ

१८) नारायण खतिवडा

१९) जयकुमार राई

२०) गणेश पहाडी

२१) हिराचन्द्र केसी

२२) पुष्पाकुमारी कर्ण कायस्थ

२३) कल्याणी खड्का

२४) लक्ष्मीकुमारी चौधरी

२५) सरलाकुमारी यादव

२६) नीरादेवी जैरु

कर्णाली प्रदेशका सांसद

प्रकाश ज्वाला

नन्दसिंह बुढा

कुर्मराज शाही

अम्बरबहादुर थापा

देवी ओली

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *