नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको ‘थर्टी अण्डर थर्टी एसिया’मा परिन्

डिसी नेपाल
७ वैशाख २०७८ १५:०२

काठमाडौं। नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित ‘थर्टी अण्डर थर्टी एसिया’ सूचीमा समावेश भएकी छिन् । ३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्ने एसियालीहरुमध्येबाट उत्कृष्ट ३० जना यो सूचीमा छानिन्छन् ।

एसियामा यस क्षेत्रमा सबैभन्दा धेरै उपलब्धी हासिल गरेका ३० वर्षमुनिका ३० जनामध्ये गौरिका पनि छानिएकी हुन् । यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । तीमध्येबाट ३० जना छानिएका हुन् । फोरब्सले आज यो सूचीको घोषणा गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *