नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका एक सय २२ जना विमानस्थलबाट फर्काइयो
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।
सिनामंगलमा रहेको साैर्य हेल्थ कियर प्रालिबाट पीसीआर टेष्ट गराएका उनीहरुले विदेश उड्न पाउनु पर्छ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलन गरेका कारण उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
काठमाडौंबाट कुवेत, दुबईलगायत देश उड्न लागेका एक सय २२ यात्रुले बुधबार विमानस्थलमा गएर आन्दोलन गरेका थिए। सिनामंगलमा रहेको साैर्य हेल्थ कियर प्रालिबाट पीसीआर टेष्ट गराएका उनीहरुले विदेश उड्न पाउनु पर्छ भन्दै विमानस्थलमा आन्दोलन गरेका कारण उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार उनीहरुमध्ये ३१ जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्।
मंगलबार अपराध महाशाखाको टोली र टेकु अस्पतालको टोलीले उक्त संस्थाले गरेको हेल्थ रिपोर्टहरु अवैधानिक भएको भन्दै छापा मारेको थियो। अवैधानिक काम गर्दो रहेछ भन्ने थाहा पाइसकेपछि सम्बन्धित एयरलाइन्सहरुले समेत उक्त संस्थाले गरेको हेल्थ रिपोर्टहरुलाई मान्यता नदिएको हो।
एयरलाइन्सहरुले सो हेल्थ कियरबाट गरिएको पीसिआर रिपोर्टलाई मान्यता नदिएकै कारण युवाहरु विदेश उड्नबाट बन्चित भएका हुन्। तर, युवाहरुले भने विदेश जान पाउनु पर्छ भन्दै विमानस्थलमा गएर आन्दोलन गरेका थिए।
Facebook Comment