नविन्द्रराज जोशीको कोरोना रोकथाम तथा जनचेतना अभियानलाई परिवारद्वारा निरन्तरता
काठमाडौं। नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री स्वर्गिय नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ। बुधबार उनको परिवारले स्वायम्भुनाथ मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो। मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए।
मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो। उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन्। अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन्।
उनले अगाडि नविन्द्रराज जोशी देखिएपनि आफु पनि अभियानमा सहभागि भएको भन्दै नविन्द्रराज जोशीको सपना पुरा गर्नका लागि यो अभियानलाई निरन्तरता दिएको बताइन्। नविन्द्रको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ। सपनाले फेरि कोरोनाको दोश्रो लहर सुरु भएकाले नविन्द्रराज जोशीको अभियानलाई आफुले निरन्तरता दिएको स्पष्ट पारिन्।
बिहीबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ। जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीय पनि खुसी छन्। यसअघि नेता जोशीको पहलमा कोरोना विरामीलाई विर र टिचिङ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको थियो।
Facebook Comment