मेरियट होटलमा ओली–नेपाल छलफल
काठमाडौं। सत्तारुढ दल नेकपामा चर्केको विवादले पार्टी विभाजनको जोखिम बढेपछि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ। यी दुई नेताबीच गत चैत ३ गतेपछि पहिलो पटक छलफल भएको हो।
काठमाडौस्थित होटल मेरियटमा दुई नेताबीच छलफल जारी रहेको उच्च स्रोतले जानकारी दियो। विष्णु पौडेलसमेत सहभागी रहेको सो छलफल करिब ६ बजे शुरु भएको र अहिले जारी रहेको स्रोतले जनाएको छ।
यसअघि माधव समूहका नेता योगेश भट्टराइले ओलीलाई भेटर माधव नेपालसँग वार्ता गर्न सुझाव दिएका थिए। ओलीले माधव नेपाललगायत नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेका छन् र सांसदबाट हटाउने तयारी पनि गरेका छन्। माधव नेपाल समूहले पार्टीका समानान्तर कमिटी बनाएर गतिविधि गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment