भारतद्वारा नेपाल पर्वतारोहण संघलाई एम्बुलेन्स सहयोग

डिसी नेपाल
१० वैशाख २०७८ १७:५७

काठमाडौं । नेपालका लागी भारतीय राजदूत विनयमोहन क्वोत्राले नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामालाई एक एम्बुलेन्स गाडी (बोलेरो फोर ह्वील) हस्तान्तरण गरेका छन् । नेपाल पर्वतारोहण संघको पहलकदमीमा एक कार्यक्रमबिच भारतीय दूतावास परिसरमा संघलाई बिहीबार भारतले सहयोगस्वरुप उक्त एम्बुलेन्स दिएको हो ।

संघ स्थापनाको ४८ वर्ष प्रवेश गरेसँगै सहयोगस्वरुप दिइएको उक्त एम्बुलेन्स आरोही र संघका सदस्यहरुको सुविधाका लागी संचालन गरिने जनाइएको छ । संघले संचालन गर्न गइरहेको सो एम्बुलेन्स सेवा प्रचलित दरमा रही काठमाण्डौ उपत्यकामा संचालन गरिने छ ।

आरोहीहरुका परिवारका लागि निःशुल्क गर्ने, संघका सदस्यहरु तथा नीजको परिवारका लागि ५० प्रतिशत छुट दिने, संघका पूर्व सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु र उनीहरुका परिवारका लागि ५० प्रतिशत छुट दिने, वर्तमान कार्यसमितिका सल्लाहकार, पदाधिकारी तथा सदस्य र निजका परिवारका लागि ५० प्रतिशत छुट दिइने जनाइएको छ ।

त्यस्तै, संघमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाइएको छ । साथै सर्वसाधारण नागरिकहरुको लागी भने संघले २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *