खानामा विष हाली श्रीमानको हत्या गर्ने महिला ५ वर्षपछि पक्राउ

डिसी नेपाल
१० वैशाख २०७८ १८:५६

काठमाडौं। खाना विष हालेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बाट प्रहरीले धादिङ घर भई सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई पक्राउ गरेको हो।

ती महिलाले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घरका श्रीमान विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरीले जनाएको छ। २०७२ माघ २७ मा विष्णु वैदेशिक रोजगारीबाट फर्केका थिए। घर फर्केको भोलिपल्ट पार्वतीले खानामा विष मिलाएर उनको हत्या गरेको प्रहरीले जनाएको छ। पार्वतीलेअण्डा करी, गहतको दाल र खानामा विष मिलाएर खुवाएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको हो।

भिसेरा र घटनास्थलबाट उठाइएको खानाको स्याम्पल परीक्षण गर्दा सो खानामा किटनाशक विषादी मिसिएको रिपोर्ट आएको प्रहरीले जनाएको छ। मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *