साउदीको अस्पतालले २ करोड ५० लाख रुपैया उपचार खर्च मिनाहा गरेपछि नेपाल फर्किए बेदबहादुर
काठमाडौं। साउदी अरेबियाको एक अस्पतालले २ करोड ५० लाखभन्दा धेरै (नेपाली रुपैया) रुपैयाँ उपचार खर्च मिनाहा गरेपछि एक नेपाली स्वदेश फर्केका छन्। रियादस्थित नेपाली दूतावासको पहलमा अढाई वर्षदेखि उपचाररत वेदबहादुर भुजेललाई बिहीवारको हिमालय एयरलाइन्सको उडानबाट नेपाल फर्किएका हुन्। साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले यो प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन्।
रियादसस्थित नेपाली दूतावासले वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परी अपांग भई विगत अढाई वर्षदेखि राजदूतावासको सेल्टरमा रहेका सुन्दरहरैचा ९, मोरङ्गका बेदबहादुर भुजेल घर फर्किएको जनाएको छ।
राजदूत राजपुतका अनुसार दुर्घटना लगत्तै भुजेललाई रियादस्थित फेमेली कियर अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालले उपचारमा भएको ८ लाख साउदी रियाल (२ करोड ५० लाखभन्दा धेरै नेपाली) खर्च मिनाहा गरेपछि भुजेलको स्वदेश फर्किने सपना पूरा भएको हो।
अस्पताल उपचार खर्चको बिल तिर्नका लागि शुरुमा मुद्दा दायर गरेको थियो। दुई वर्षसम्म कुनै कानूनी प्रगति गर्न नसके पनि दूतावासले उनलाई नेपाल पठाउन निरन्तर प्रयास गरेको थियो। तर, सम्भव भएको थिएन। भुजेलले विल तिर्न सक्ने अवस्था नरहेपछि अस्पतालले मुद्दा फिता लिँदै उपचारमा भएको खर्च पनि मिनाहा गरिदिएको हो। यसका लागि एनआरएनए साउदी, नेपाली दूतावासले पहल गरेका थिए।
अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटक भेटवार्ता र पत्राचारमार्फत निज भुजेल विरुद्धको मुद्द फिर्ता लिई निजलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरिएका दूतावासले जनाएको छ। दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले दुई हप्ताअघि भुजेलविरुद्धको मुद्दा फिर्ता लिएको दूतावासले जनाएको छ।
नेपाली राजदूत सिंहले भुजेललाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन्।
Facebook Comment