कोरोना संकटः नेपालमा पनि अस्पताललाई बिरामी थेग्न गाह्रो
बुटवल। छिमेकी भारतमा कोरोना बिरामीको उपचार समस्या भएको समाचार सार्वजनिक भइरहेकाबेला नेपाली अस्पतालमा पनि उस्तै समस्या देखिन थालेको छ।
कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि बिरामीको चाप थेग्न अस्पतालहरुलाई अप्ठ्यारो पर्दै जान थालेको छ। लुम्बिनी प्रदेशको रुपन्देहीस्थित अस्पतालहरुका आइसियु बिरामीहरुले भरिएका ती अस्पतालहरुले जनाएका छन्।
रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आइसियु कक्षका सबै १५ बेड भरिएका छन्। वेड अभावमा थप विरामीलाई भर्ना गर्न नसक्दा रिफर गर्न थालिएको छ।
जिल्लाको प्रदेश स्तरिय कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि शैया पाउन नै नसक्ने अवस्था रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकलपर्सन डाक्टर सुर्दशन थापाले जानाकारी दिए। रासस
Facebook Comment