जति झगडा उति तगडा

डिसी नेपाल
११ वैशाख २०७८ १२:४७

अहिले जता हेर्यो जहाँ हेर्यो झगडिया बाहेक केही देखिन्न र पत्र पत्रिकाहरुमा पनि झगडियाहरुको झगडा बाहेक अरु केही लेखिन्न । जतासुकै र जहाँसुकै झगडा भएको देख्दा यो देशमा झगडा मात्रै हुँदै गएको पक्का हुन्छ । कसको कोसित झगडा परिरहेको र कसले कोसित झगडा गरिरहेको भन्ने पनि कहिलेकाहिँ थाहा हुँदैन । को कुनबेला कतापट्टि लाग्छ र को कहिले कसका बिरुद्ध जाग्छ अनि कसले कुनबेला कसलाइ लिएर भाग्छ भन्ने पनि पत्तो नहुने हो कि भनेजस्तो देखिन्छ । झगडाबाट कुनैपनि पार्टी अछुतो नभएकोले अहिलेको झगडाबाट कसकसले पछुतो मान्न पर्ने हो भन्ने थाहा छैन । एकअर्कासित मिलाप गरेकोमा थक्कथक्क मानेर सबैले बिलाप गरेका छन् । पूरै जीउ छोडेर गरिएको झगडाको बीउ चाहिँ आपूmले भनेजस्तो गरी खानपान गर्न दिएन र बसिराखेको कुर्सी मेरा लागि छोड्न पर्यो भन्ने जस्तो राष्ट्रिय महत्व, जनचासो, जनसरोकार र जनहितको बिषयलाई गम्भिरतापूर्बक लिएन भन्ने नै हो । संविधान,अन्य विधान, नियम, कानुन आदि अनुसार कुर्सीबाट हटाउने कुनै काम नगरिकन हप्काएर दप्काएर तर्साएर र थर्काएर डाँडो कटाउने हल्ला पिटाएर ढ्याँग्रो ठटाउने कार्यक्रमले गर्दा सबैको सबैसित झगडा चर्कँदै र सबैजना सबैजनासित झर्कँदै हिँडेको देख्दा जनताले चाहिँ भरपुर मनोरन्जन गर्दै आपूmले भर पत्यार गरेर भोट हालेका नेताहरु जनताको लागि केही काम नगरी नगदमा चर्दै र सबैथोक छोडेर झगडातिर मात्रै अघि सर्दै आएको देखेर ज्यादै सन्तोषको स्वास फेरेर मुटुमाथि ढुंगा राखी हाँसिरहेका छन् ।

सबैलाइ आफ्नो कर्तब्य बिर्सेर जो सुकैलाई बाधा परेपनि इच्छा लागेको काम गर्न पाउने अधिकार दिइएको भनेर प्रचार गरिएको र सँसारकै सबैभन्दा समावेसी भनेर भ्रम छरिएको कक्टेल संविधानले समेत नदिएको अधिकार प्रयोग गरेर संसद बिघटनको सिफारिस, निर्णय र घोषणा काण्डमा राष्ट्र प्रधान समेतलाइ झगडिया बनाइयो र अदालतको पैmसला अनुसार यसमा गल्ती भएकै जनाइयो । त्यो तहको ब्यक्तिले मुद्दा हार्दा र परिस्थितिले अप्ठ्यारोमा पार्दा त्यसको कुनै किसिमको जिम्मेवारी लिन नपर्ने रहेछ भन्नेपनि जनताले यसैपाली बुभ्mन पाए । यस बाहेक अन्य विषयहरुमा लिखित मुद्दा नपरेपनि र कसैले उजुरी नगरेपनि सरकार प्रधान बाहेक त्यो तहका सबै नेताहरु राष्ट्र प्रधानका झगडिया भएका अनि उनको विरोधमा गएका छन् जस्तो देखिन्छ । सरकार प्रधानले जुन बिषयमा भन्यो, जुन समयमा भन्यो र जुन तरिकाले भन्यो त्यही तरिकाले हस्ताक्षर गर्ने र कार्यालयको छाप हान्ने अनि जे भन्यो त्यही मान्ने बाहेक आप्mनो पदको गरिमा कायम गर्न नसकेको भनेर खुट्टा तान्ने झगडियाहरुको कुरा सुनेर धेरै जान्ने पल्टन हुँदैन भन्ने आम जनताको धारणा रहेको देखिन्छ । कुरा ठिकै पनि हो झगडियाहरुले त केके भन्छन् केके । राष्ट्र प्रधानले आप्mनो कुर्सी सरकार प्रधानको लागि मात्रै समर्पण गरेर र राष्ट्रका सामु खाएको शपथबाट तल झरेर गैरजिम्मेवार व्यवहार देखाएको भन्ने झगडियाहरुको आरोपको पछाडि जनताले दौडन हुँदै हुँदैन । भएजति सबैको एकै किसिमको व्यवहार भएको हुनाले उनलाई मात्रै दोष दिएर रोष प्रकट गर्नु मनासिब होइन भन्ने सबैको भनाइ छ ।

सरकार प्रधानका झगडिया त कति छन् भनेर र गनेर कुनै साध्य नै छैन । सर्सर्ती हेर्दा यिनका त आपूm बाहेक सबै झगडिया हुन् कि जस्तो देखिन्छ । यिनी नजिकै सँगै बस्ने र खुसी पार्न चिल्लो घस्ने मान्छेलेपनि अरु झगडियासित मिलेर पछाडिबाट छुरा धस्ने तर हामी एक छौँ कामरेड भन्दै लाल सलामको मुठ्ठि कस्ने पिपलपाते कामरेडहरुको कुनै कमी छैन । यिनीसित आश्चर्यजनक र अपत्यारिलो मित्रता गाँसेर र पूर्ण रुपमा कृत्रिम हाँसो हाँसेर पार्टी एकता गर्ने स्वघोषित महान नेता नै अहिले यिनका महान झगडिया भएका छन् । देखावटी एकता र छलछामको पिरती लामो समय टिक्न र सँधैभरि एउटै भाउमा बिक्न अनि यसैको माध्यमबाट सत्ता कब्जाको भित्रि लक्ष्य खुला रुपमा झिक्न नमिलेपछि महान मित्रता महान झगडियामा बदलिन पुग्यो । यो झगडाले तगडा किसिमले सडक देखि अदालतसम्म निकै ठुलो तडक भडक भएबाट कोभिड पीडित जनताले राम्रै टाइमपास गर्ने साधन पाए अनि स्वघोषित महान नेताले हातमा बढेमानको करौँती बोकेर बर्षौँसम्म कुर्सीको पछाडि दौडेर जनताको भोटको महान सम्मान गरेकोमा चकित खाए । उनलाई भित्तामा पुर्याउँछु भनेर कुर्लने र जसरी भएपनि मलाइ कुर्सी चाहियो भनेर उर्लने झगडियालाई सरकार प्रधानलेपनि त्यही स्तरको ब्यबहार र बोली बचनबाट ठेगान लगाउने प्रयास गर्दागर्दै कुचोले बढार्न पर्ने कसिँगरलाई हावाले उडाएजस्तो गरि अदालतले ठेगान लगाइदियो र अप्राकृतिक एकताबाट भगाइदियो । यसमा कसैलेपनि संविधान, विधि पद्धति आदिको कुनै मद्दत नलिएको र यस्ता पुस्तकहरुलाई कुनै महत्व नदिएको हुनाले ती सबै लेख्ने बुझाउने र भत्ता पचाउने अनि गुगलबाट चोरचार गरेर विज्ञताको इज्जत बचाउने ठूलाठूला रिसर्च पेपरहरु जस्तै दराजमा थन्काउने अनि अलि दिनपछि धमिरा भन्काउने अति महत्वपूर्ण दस्तावेज भनेर प्रचारित सामग्रीहरुकै थान्कोका रहेछन् भन्ने सबैलाइ प्रष्ट भयो ।

अहिले सत्ता शक्ति कुर्सी सबै आप्mनै हातमा भएका माथिदेखि तलसम्मकाले अरु आकाँक्षीहरुलाई अलिअलि पातमा दिएर यत्तिमै चित्त बझाउनु बाहेक अरु उपाय छैन भनेकाले पचासौँ बर्षसम्म सँगसँगै दुखसुख जेलनेल खानपिन बाँडचुँड लेनदेन र हुने नहुने सबै काम बेहोरेका कामरेडहरु नै सबैभन्दा ठुला झगडिया भएर देखा परेका छन् । आफ्नो पार्टीका अध्यक्ष र सरकार प्रधानसित मिल्नुभन्दा स्वघोषित महान नेतातिर लागेर उनले दिने जुठो पुरो सहर्ष निल्नु राम्रो भनेर त्यता लाग्नेलाई स्वघोषित महान नेता आपैm अलपत्र पर्ने र स्वघोषित विभिन्न अलंकारहरुबाट तल झर्ने सम्भावना देखेपछि पार्टीका बरिष्ठ झगडियाहरु अलमलमा परेका छन् । कुन झगडियाले कसलाइ के कारबाही गर्यो र कारबाही बेहोर्नेलाइ त्यसबाट के असर पर्यो भन्ने थाहा नहुँदा नहुँदै सरकार प्रधानले आप्mना पार्टीका बरिष्ठ अटेरि झगडियाहरु, प्mलोर क्रस गर्ने झगडियाहरु र स्वघोषित महान नेताको तर्पmबाट केही झर्ला र खाउँला भनेर अनि उनले जता लैजान्छन् त्यतै जाउँला भन्दै मुख मिठ्याउँदै बसेका कामरेडहरुलाई संसद पद समेत नरहने गरि कारबाहीको तयारी गरेपछि र भबिष्य पनि बिगार्ने गरि अघि सरेपछि उनीहरु अदालतको शरणमा पुगेछन् ।

आफ्नो पद जोगाइदिने र केन्द्रीय समितिको बैठक बसाल्न आदेश दिएर यही मोजमस्तीलाई चिरकालसम्म भोगाइदिने ब्यबस्था होस् भनेर मुद्दा परेको पनि पहिलो पटक देखियो । अब पार्टीको बैठक बस्न अदालतको आदेश चाहिने, पार्टीको पद र नियुक्ति गर्न अदालतकै आदेश चाहिने आदि भएपछि राजनैतिक पार्टी नै अदालतमा दर्ता गरेर पार्टीको हर्ताकर्ता अदालतलाइ नै बनाएपनि र संविधानमा यहि व्यवस्था छ भनेर जनाएपनि सबैले नपत्याउने कुरै छैन । उसैपनि अदालतका न्यायमूर्तिहरु पार्टिकै कोटाबाट नियुक्ति हुने अघोषित नियम भएकोले पार्टीका चोटा कोठा सबै बुझेकै महानुभावहरु हुनुहुन्छ ।

सरकार प्रधानका अरु झगडियामा हल्काफुल्का रुपमा उप राष्ट्र प्रधानपनि छन् । संसदका सभामुख त ठूला झगडिया भइहाले । अदालतमा ज्यान मुद्दा चलेका भएपनि प्रधान न्यायमूर्ति अध्यक्ष भएको परिषदबाट सभामुखको नियुक्ति पाएर भाग्य फलेका ब्यक्तिलाई जसको झगडिया भएपनि केही फरक पर्ने कुरै आएन अनि यस बारेमा अदालतले चालै पाएन । त्यसो त सत्र हजारको ज्यान मार्ने, सयौँ बैँकमा डकैती गर्ने, जनताको सम्पत्ति जबरजस्ती कब्जा गर्ने, लाखौँलाई घाइते, अपांग, विधवा, टुहुरा, बिस्थापित, बेपत्ता, खरबौँको राष्ट्रिय सम्पत्ति ध्वस्त र अरु धेरै समस्या पार्ने अनि यसैबाट बाक्लो तर मार्ने स्वघोषित क्रान्तिकारी र जनवादीहरु पटक पटक देशको उप राष्ट्र प्रधान, सरकार प्रधान, मन्त्री, ज्यादै लाभदायक बिभिन्न आयोग र सरकारी निकायहरुमा नियुक्ति, गाउँ नगर र प्रदेशका प्रमुख उप प्रमुख देखि अन्य नियुक्तिहरुमा खाइखेली गरिरहेको ठाउँमा उनको मात्रै कुरा उठाउन ठिक हुँदैन भनेर जनताले नै भनिरहेका र यस्तालाइ ठिक पार्न भोट हाल्ने दिन गनिरहेका छन् ।
झगडियाको समस्या सत्ताधारी र सत्ताको दावेदारी गर्ने पार्टी देखि लिएर हाकाहाकी विदेशीको ताबेदारी गरेर यहाँ ठुला गफ हाँक्ने पार्टीसम्म पनि उस्तै छ । प्रमुख प्रतिपक्षमा सभापति पक्ष र अर्का सत्र पटकका असफल सरकार प्रधानका प्रत्याशी बरिष्ठ नेता नै ठुला झगडिया छन् । यिनीहरुको झगडा पनि उही सभापति र उनका आसेपासे हुक्के बैठकेले नराम्रोसित खाए मैले र मेरा हितैषिहरुले राम्ररी खानपिन गर्न अनि आर्थिक श्रोतमा मजाले चर्न नपाएपछि राजनैतिक अप्ठ्याराहरु कसरी तर्न सकिन्छ र ? भन्ने गुनासो सुन्नै पर्ने खालको छ । यसो हेर्दा यसलाई जायजै मानिदिन पर्ने र सबैले मर्का परेकै हो भनेर जानिदिन पर्छ । यति जाबो सामान्य माग पनि सुनुवाइ नभएपछि आप्mनै कोखाबाट झगडिया उत्पन्न हुनु नौलो होइन ।

जतिबेलापनि मधेशका जनताको नाम जप्ने अनि त्यही नाममा आफ्नो बैँक ब्यालेन्स र महलको संख्या थप्ने पार्टीमा भएजति सबै अध्यक्ष र भएजति सबै एकअर्काका झगडिया छन् । आप्mनै कर्तुतको कारणले राजनैतिक रुपमा पाखातिर फालिने अवस्था आउनासाथ झगडियाहरुको एकता थालिने र खानपिनको चाल चालिने अनि खानपिनको भाग नमिल्नासाथ एकतालाई ढालिने अत्यन्त सराहनीय परम्पराबाट ग्रसित यी झगडियाहरुको मौसमी र छिमेक मैत्री सिद्धान्त बडो प्रख्यात छ । यिनीहरुले केही काम थाल्नासाथ र केही कदम चाल्नासाथ सबैको सबैसित झगडा सुरु भइहाल्छ अनि पार्टी टुक्रिने बाटोतिर गइहाल्छ । यस्तो अबस्था आउनासाथ र यसबारेमा थाहा पाउनासाथ दक्षिणको दुतावासले आबश्यक दानापानी खुवाएर समस्या समाधान गरिदिने ठेक्का लिएको पनि सबैलाई हेक्का भएकै बिषय हो । यसैमा यिनीहरुलाइ ठूलो गर्व र घमण्ड भएकोमा जनतालेपनि आनन्द मानेका अनि यिनिहरुको झगडाको बिषय राम्ररी जानेका छन् । यस बाहेक अरु सानातिना र झिना मसिना पार्टीमा पनि झगडियाहरुको कुनै कमी छैन । त्यतापनि झगडा गर्ने सानोसानो विवादमा टुक्रिने र म नै सबैभन्दा असल, पुरानो र वास्तविक हुँ अरु सबै नक्कली र नयाँ हुन् भनेर डुक्रिने धेरै छन् । उनीहरुलाइ भनेर र गनेर साध्य छैन ।
केन्द्रमा मात्रै होइन प्रदेशमापनि यिनै झगडियाहरुको बोलवाला छ । प्रदेशको झगडापनि हाकाहाकी खाने र खान पाइएन भन्दै खोक्रो पेट लिएर संसदमा जाने बिचकै हो । पद प्रतिष्ठा र नगद जस्ता मनका इच्छा एकै पटक पुरा भएपछि अरु कुरा गौण हुनु स्वाभाबिक हो । यस्ता उपलब्धिका अगाडि पार्टी, सिद्धान्त, शपथ भन्ने बिषय केही पनि होइनन् भन्नेपनि यसपाली सबैको जानकारीमा आयो र थाहा नपाएकोले पनि राम्ररी थाहा पयो । चित्तबुभ्mदो नगद खल्तिमा परेपछि फ्लोर क्रस, दल बदल, निर्णय फिर्ता आदि कुनै गल्तीमा पर्ने कुरै आएन । यस्ता झगडियाहरुलाइ माथिबाटै कारबाही गर्ने तयारीको हल्ला चलेपछि फेरि यसैमा टिक्न र पुरानै हैसियतमा बिक्न अदालततिर लागेको अनि हामीभन्दा असल अरु कोहीपनि छैन भनेर जागेको पनि भोट हाल्ने जनताले हेरिरहेका छन् ।

उता अधिकांश पालिकाहरुमा पनि यही झगडियाको रोग बिद्यमान रहेको देखिन्छ । प्रमुख वा अध्यक्ष एकातिर र अरु एकातिर फर्केको अनि यसले फलानो काममा फलानाले यति भ्यायो भनेर चर्केको र खानपिनमा भाग नपाउने चाहिँ सबै कुरामा झर्केको सबैलाई थाहा छ । पालिकाका प्रमुख अध्यक्ष र मसलदार सदस्यहरु आपैm ठेकेदार भएर अनि सबै बजेट आपैmले खाने बाटोमा गएर जनताको भोटको ज्यादै सम्मान गरिरहेका र सरकारी बजेटमा मजाले चरिरहेका हुनाले पाउने एकातिर र नपाउने अर्कातिर भएर झगडियाहरुको संख्या स्थानिय तहदेखि राष्ट्रिय तहसम्म उत्तिकै मात्रामा बढ्दै र यसको ग्राफ माथिमाथि चढ्दै गएको छ । जनताका आबश्यकता र चाहना भन्दापनि अनेक बहाना गरेर भएपनि आप्mनो आम्दानीमा जोड दिने कार्यमा जन प्रतिनिधिहरु बिच निकै ठुलो होड हुनु राम्रो कुरा हो । यसमा यो ऊ भन्ने केही छैन जति छन् सबैले मिलेसम्म खाइरहेका र जनताले थाहा पाइरहेका हुनाले अर्को चुनावमा पनि विकास निर्माण र जनहितका विषयमा यिनिहरुकै चर्को स्वर सुनिने पक्का छ ।

यसको असरले देशका सबै क्षेत्र बर्ग ब्यबसाय आदिमा झगडियाहरुको कुनै कमी छैन । मुहानका झगडियाहरुको बुद्धि नफेरिएसम्म यसमा सुधार आउला र जनताले सुख र समृद्धि पाउला भनेर सोच्ने मान्छेको दिमागलाइ काम न काजसित घोच्ने दुख नगर्नु नै बुद्धिमानी हुन्छ होला भनेर जनताले मजाले बुझेका छन् । यी झगडियाहरुको झगडाको मूल श्रोत भनेकै हातमा डाडु पन्यू हुनेले एक्लै खायो र उसका आसेपासेले समेत सबैथोक पायो अनि यहि देख्न र खप्न नसकेर मेरो मनमा झल्झली जनताको सम्झना आयो भन्नु नै हो । भबिष्यमा यस्ता बिषयहरु सुधारिने भन्दापनि अझ उदांगो हुँदै उधारिने प्रबल सम्भावना हुने प्रष्ट देखिएको हुनाले सुखी जनता र समृद्ध देशको लागि जति झगडा उति तगडा भन्ने सिद्धान्तलाइ अझ बढाउँदै लैजान पर्छ भनेर भन्न जनता बाध्य भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *