एकैचोटी ३५ भन्दा धेरै गर्लफ्रेण्ड बनाउँदा जेलमा, यस्तो रहेछ धेरै गर्लफ्रेण्ड बनाउने कारण

डिसी नेपाल
१२ वैशाख २०७८ १५:३८

काठमाडौं। एक जना पुरुषसँग २ वा ३ जना गर्लफ्रेण्ड भएका घटनाहरु त हामीले धेरै थाहा पाएका छौं । तर, अहिले एक यस्ता युवक पक्राउ परेका छन् जसले ३५ जनाभन्दा धेरै गर्लफ्रेण्ड बनाएका थिए । उनले यी सबै गर्लफ्रेण्डसँग एकै समयमा सम्बन्ध अगाडि बढाइरहेका थिर्ए । तर, उनको एउटा गल्ती उनीमाथि नै भारी पर्यो र उनी पक्राउ परे । यो अनौठो घटना जापानको हो ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार पुलिसले एकैपटक ३५ भन्दा धेरै महिलाहरुसँग सम्बन्ध राख्ने युवकलाई पक्राउ गरेको छ । यी युवकले सबै महिलाहरुलाई आफ्नो जन्मदिन फरक फरक मितिमा बताएका थिए । यो पूरै घटनाको खुसाला निकै रोचक तरिकाले भएको हो । रिपोर्टका अनुसार ३९ वर्षका यी व्यक्तिको नाम ताकाशी मियागावा हो । उनकी पहिलो गर्लफ्रेण्डले उनलाई गिफ्ट दिएकी थिइन् । त्यसपछि उनलाई गिफ्टको सोख चढ्दै गयो र गिफ्ट पाउने चक्करमा उनले नयाँ नयाँ गर्लफ्रेण्ड बनाउन सुरु गरे ।

केही दिनमै उनका गर्लफ्रेण्डको संख्या ३५ भन्दा धेरै भयो । रोचक कुरा के भने उनले नयाँ गर्लफ्रेण्ड थप्दै गए तर पहिलेका कुनै पनि गर्लफ्रेण्डसँग सम्बन्ध तोडेनन् । उनले सबै गर्लफ्रेण्डसँग एकैचोटी डेटिङ गर्थे । रिपोर्टका अनुसार यसको पछाडि उनको स्वार्थ प्रेम नभइ नयाँ नयाँ गिफ्ट पाउने थियो । तर, यही गल्ती उनीमाथि भारी पर्यो ।

पुलिसका अनुसार ताकाशी मियागावा पार्टटाइम काम गर्छन् । उनी घरघरमा गएर सामान बेच्छन् । मियागावाले यी सबै महिलासँग त्यही मार्केटिङ कम्पनीमा काम गर्ने क्रममा भेटेका थिए । यस बीचमा उनले कैयौं सामान पनि बेचे । यसबाट उनलाई राम्रो नाफा भएपछि उनले अर्को योजना सुरु गरे । उनले यी सबै महिलाहरुलाई गर्लफ्रेण्ड बनाउन सुरु गरे । उनले ती महिलाहरुसँग गिफ्ट लिन थाले ।

उनले यी महिलाहरु सबैलाई आफ्नो फरक फरक जन्मदिन बताए । उनले एक ४७ वर्षकी गर्लफ्रेण्डलाई आफ्नो जन्मदिन २२ जनवरी भनेका थिए, ४० वर्षकी अर्की गर्लफ्रेण्डलाई आफ्नो जन्मदिन जुलाइमा भएको बताए । अर्की एक महिलालाई उनले आफ्नो जन्मदिन अप्रिलमा भएको बताएका थिए । उनको वास्तविक जन्मदिन भने १४ नोभेम्बरमा थियो । सबै महिलाहरुलाई फरक फरक जन्मदिन बताएर उनले आफ्नो जन्मदिन भन्दै उनीहरुसँगबाट गिफ्ट लिन लागे ।

यही बीचमा अचानक एक महिलालाई उनले धोका दिएको हुन सक्ने शंका भयो । उनले पुलिसलाई उजुरी गरिन् । पुलिसले जाँच सुरु गरेपछि निकै आश्चर्यजनक खुलासा भयो । घटनाको खुलासा भएसँगै मियागावाका ३५ भन्दा धेरै गर्लफ्रेण्ड एक एक गरी अगाडि आउन थाले । उनी धेरैजसो सिंगल महिलालाई निशाना बनाउँथे र सबैसँग बिहे गर्ने बताएर उनीहरुलाई फसाउँथे ।

अहिले उनी पुलिसको हिरासतमा छन् । मिडियाले उनलाई जापानी रोमियो नाम दिएका छन् । पुलिसका अनुसार यी महिलाहरुले मियागावालाई निकै महंगा महंगा गिफ्ट दिएका छन् । आरोपी मियागावाको बस्ने कुनै निश्चित ठाउँ पनि छैन । पुलिसले उनीमाथि ती ३५ महिलाहरुलाई बिहेको प्रलोभन देखाइ धोका दिएको आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *