कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक सम्पन्न

डिसी नेपाल
१२ वैशाख २०७८ २२:०८

कर्णाली । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज आज सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकास र समृद्धि सपना पूरा गर्न निर्माण गरिएको पञ्चवर्षीय योजना कार्यान्वयनमा सबै तहका सरकारको भूमि प्रभावकारी हुनुपर्नेमा जोड दिए।

“यो दोस्रो बैठकले यहाँको विकासका आयामहरू र त्यसले नागरिकहरूको जीवनस्तर उत्थान गर्न चालिने कदममा सङ्घ, प्रदेश र स्थानीय तहका समन्वय र सहकार्य आवश्यक छ”, मुख्यमन्त्री शाहीले भने, “सबैको साझा प्रयास र ऐक्यबद्धताबाट राज्यले लिएको अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ।” बैठकमा कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पञ्चवर्षीय योजनाका साथै २५ वर्षीय कर्णाली सरकारको दीर्घकालीन योजनाको लक्ष्यका बारेमा पनि बैठकमा प्रस्ट्याए।

त्यस्तै, बैठकमा आयोगका सदस्य डा रोकायले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गरे। आयोगका अर्का सदस्य योगेन्द्र शाही प्रदेश सरकारको परियोजना बैंक तथा लगानी सम्मेलन र आर्थिक मामिला मन्त्रालयका उपसचिव दिव्यराज पोखरेलले सहलगानीका सम्बन्धमा आफ्ना प्रस्तुति राखे।

बैठकका सहअध्यक्षका रुपमा आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, लब्धप्रतिष्ठित, विज्ञ तथा सरोकारवालाबाट आएका सुझाव सल्लाह लिएर प्रदेश सरकार अगाडि बढ्ने जनाइन्। उनले जनशक्ति अभाव, कोरोना महामारी तथा भौगोलिक विकटता बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको जनाउँदै त्यसको व्यवस्थापनमा विशेष जोड दिइने विचार व्यक्त गरिन्।

भर्चुअल माध्यमबाट सञ्चालन भएको सो बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा दलका प्रमुख नेताहरू, समितिका अध्यक्षहरू, आयोगका पदाधिकारीहरू, प्रदेश सचिवहरू, जिल्ला समन्वय प्रमुखहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुख/अध्यक्षहरू, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो । वितरणमुखी नभई ठोसरूपमा योजना लागू हुन सके मात्र कर्णाली विकास र समृद्धि सम्भव रहेको सुझाव दिएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *