सार्क आज किन मृत्यु शैय्यामा छ ?

डिसी नेपाल
१४ वैशाख २०७८ १२:१८

पृष्ठभूमि

८ डिसेम्बर सन् १९८५ का दिन वडापत्रमा ७ राष्ट्रका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीहरुले ढाकामा हस्ताक्षर गरी सुरु भएको क्षेत्रीय सहयोगसम्बन्धी संगठ्नको भविष्य अब के हुन्छ यसै भन्न सक्ने अवस्था छैन। राजा वीरेन्द्रले कुनै सरकारी कार्यालयको लागि निर्माण गरिएको भवनलाई हतार हतार सार्क सचिवालयको लागि प्रदान गरी १६ जनवरी १९८७ मा काठमाडौँको त्रिदेवीमार्गमा उद्घाटन पनि भएको थियो।

त्यस वखत दक्षिण एसियाका सात राष्ट्रहरु बंगलादेश, भुटान, भारत, माल्दिभ्स्, नेपाल, पाकिस्तान र श्रीलंकाका जनताहरु क्षेत्रीय संगठन पनि स्थापना भएकोले अब उच्च आर्थिक दर हासिल गरी आ–आफ्ना जनताहरुको जीवनस्तर अभिबृद्धि हुनेमा निकै आशावादी थिए।

सन् २००५ मा ढाकामा आयोजना भएको १३औं शीर्षस्थ सम्मेलनमा निर्णय भई र प्रकृया पूरा गरी सन् २००७ मा अफगानिस्तानले पनि सदस्यता प्राप्त गरेपछि सदस्य राष्ट्र आठ पुगेको छ। सोही सम्मेलनबाट नेपाल र पाकिस्तानको समर्थन प्राप्त गरी चीन सार्कको पर्यवेक्षक भएको थियो र यसबाट भारत त्यति सन्तुष्ट थिएन।

झण्डै गत सात वर्षदेखि शीषस्र्थ सम्मेलन हुन सकिरहेको छैन। जसले गर्दा तल्लो तहदेखि माथिल्लो (मन्त्री स्तरिय) तहसम्म नैराश्यता छाएको हुँदा कामहरु तदारुकता साथ अगाडि बढ्न सकेको छैन। कोभिड –१९ को महामारीले पनि यसमा नकारात्मक प्रभाव परेको छ नै तर यति लामो समयसम्म शीर्षस्थ सम्मेलन हुन नसक्नु यस क्षेत्रका जनताहरुको लागि एउटा ठूलै विडम्बना हो। यसले गर्दा कोभिड–१९ जस्तो भयंकर महामारी फैलिंदा पनि सार्कबाट कुनै काम हुन सकेन।

सार्क शीर्षस्थ सम्मेलनहरु हुँदा निकै तामझाम गरिने तथा राष्ट्राध्यक्ष र प्रधानमन्त्रीहरुका भाषण निकै नै महत्वाकांक्षी भएको देखिन्थ्यो। खासगरी दक्षिण एसियामा गरिवी निवारण, व्यापार अभिबृद्धिकरण, उर्जाशक्ति प्रवद्र्धन तथा आदान प्रदान, दक्षिण एसियाली विश्वविद्यालय, खाद्य सुरक्षा, आतंकवाद नियन्त्रण, मौसम विज्ञानमा सूचना आदान प्रदान, वातावरण संरक्षण, लागू पदार्थ ओसार पसारमा नियन्त्रण, सार्क विकास कोष, बालबालिकाको हक संरक्षण, चेलीवेटी बेचबिखनमा नियन्त्रण, विज्ञान प्रविधिमा सहयोग, सामजिक बडापत्र, कृषि तथा सूचना प्रणाली विकास, पर्यटन विकास आदि विभिन्न क्षेत्रमा सहयोगको विस्तार गर्ने अपेक्षा गरिएको छ।

ठोस काम नभएका पनि होइनन् प्रशस्त भएका छन् तर उपल्लो तहमा भएको प्रतिबद्धतालाई राजनैतिक तहवाट कार्यान्वयनका लागि इच्छाशक्ति देखाउन नसक्दा गरेका कामहरुमा आशातीत सफलता प्राप्त हुन सकेन। शीर्षस्थ सम्मेलनहरुमा प्रतिबद्धता जाहेर हुने तर कार्यान्वयनमा आवश्यक जागरुकता देखिएन। पछि यूरोपियन यूनियनको मोडेलमा गएर एउटै मुद्रा तथा दक्षिण एसियाली आर्थिक युनियन समेत सृजना गर्ने कुरा भइरहेको थियो,त्यो त्यत्तिकै थन्किएको छ।

किन अवरुद्ध भयो यो सार्क प्रकृया?

सार्कको बडापत्रमा दुईवटा महत्वपूर्ण बुँदा लेखिएको छ । ती हुन् १. द्विपक्षीय विवादको विषय उठाउन नपाइने र २. सबै निर्णयहरु सर्वसम्मत हुनु पर्ने। यी बुँदाहरुबाट काम गर्न निकै सहज पनि भएको र निर्णयहरु पनि सौहार्दपूर्ण वातावरणमा सहजरुपमा भइरहेको थियो।

प्रकृया अगाडि बढिरहेको थियो र साथै कहिलेकाहीँ कुनै एउटा सदस्य राष्ट्र कुनै विषयमा असहमत भएमा अन्य सात राष्ट्र यस विषयमा सहमत हुँदा पनि निर्णय हुन नसक्ने अवस्था पनि नआएको होइन। तर पनि निर्णयहरु सर्वसम्मत नै भएको र थुप्रै सहयोगका क्षेत्रहरु निर्णयद्वारा समावेश भएको थियो। अहिले पनि विभिन्न विषयमा वैठकहरु भर्चुअल माध्यमबाट भइरहेका छन् तर झण्डै गत सात वर्षदेखि शीषस्र्थ सम्मेलन हुन सकिरहेको छैन।

जसले गर्दा तल्लो तहदेखि माथिल्लो (मन्त्री स्तरिय) तहसम्म नैराश्यता छाएको हुँदा कामहरु तदारुकता साथ अगाडि बढ्न सकेको छैन। कोभिड –१९ को महामारीले पनि यसमा नकारात्मक प्रभाव परेको छ नै तर यति लामो समयसम्म शीर्षस्थ सम्मेलन हुन नसक्नु यस क्षेत्रका जनताहरुको लागि एउटा ठूलै विडम्बना हो।

यसले गर्दा कोभिड–१९ जस्तो भयंकर महामारी फैलिंदा पनि सार्कबाट कुनै काम हुन सकेन। शीर्षस्थ सम्मेलन हुन नसक्नुको कारण के हो? धेरै व्यक्तिहरुले यस विषयमा विभिन्न धारणा व्यक्त गरे पनि यथार्थ कारण निम्न लिखित देखिन्छः

१. यस क्षेत्रका महत्वपूर्ण मुलुकहरु भारत र पाकिस्तान बीचमा हालै आएर तिक्तता ज्यादै बढ्नु एउटा प्रमुख कारण हो। जब दुवै आणविक हतियारयुक्त देशहरु वीच आपसी वातावरण बिग्रन गयो त्यसपछि अन्य ६ सदस्य राष्ट्रहरु पनि मुकदर्शक हुन बाध्य छन्। यो कारण खोजी गर्दा हामीहरु इतिहासमा फर्किनु पर्ने हुन्छ।

सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट एक दिन अघि पाकिस्तान (१४ अगष्ट) र एक दिन पछि भारत (१५ अगष्ट) स्वतन्त्र भएपछि काश्मिरमा वेलायतीहरुले राम्रोसँग समस्या समाधान नगरी त्यसै छोडेर गएकोले सो विषयमा दुवै देशवीच मनोमालिन्य बढेको थियो। अहिलेसम्म दुई देश वीच त्यही कारणले ३ वटा ठूलो युद्ध र सन् १९९९ मा कार्गिलमा एउटा स्थानीय स्तरको लडाइ भएको थियो।

२. “शान्ति र समृद्धिका लागि गहिरो एकीकरण” (Deeper Integration for Peace and Prosperity)  को प्रमुख उद्देश्य राखी अठारौँ शीर्षस्थ सम्मेलन नोभेम्बर २०१४ मा नेपालमा सफलतापूर्वक सम्पन्न भएपछि पाकिस्तानले आयोजना गर्ने भनी निर्णय भएको उन्नाइसौ शीर्षस्थ सम्मेलन आजसम्म हुन सकिरहेको छैन।

अहिलेसम्म शीर्षस्थतहमा नेपालले नै सार्कको अध्यक्षता गरिरहेको छ। भारत र पाकिस्तानवीच सम्बन्ध विग्रन गएकोले सार्क शीर्षस्थ सम्मेलन हुन नसकेको अवस्थामा अन्य ६ राष्ट्रहरुले पनि यस विषयमा ठोसरुपमा पहलकदमी लिन सकेका छैनन्। नेपाल अध्यक्ष भएको हैसियतले पहिलो पहलकदमी नेपालले नै लिनु पर्ने हो तर यसमा केही काम अघि बढेको देखिँदैन।

अहिले कोभड–१९ को महामारी बढिरहेको अवस्था भएकोले नेपालले प्रत्यक्ष भेट गर्न अप्ठ्यारो हुने भएको हुँदा बेग्लाबेग्लै भर्चुवल माध्यमबाट बैठक गरी भारत र पाकिस्तानलाई छिट्टै यो कुरा नेपालले जसरी पनि मनाउनु पर्ने अवस्था देखिन्छ।

अहिले कोभड–१९ को महामारी बढिरहेको अवस्था भएकोले नेपालले प्रत्यक्ष भेट गर्न अप्ठ्यारो हुने भएको हुँदा बेग्लाबेग्लै भर्चुवल माध्यमबाट बैठक गरी भारत र पाकिस्तानलाई छिट्टै यो कुरा नेपालले जसरी पनि मनाउनु पर्ने अवस्था देखिन्छ। सार्क प्रकृया अगाडि बढ्न नसक्दा सम्पूर्ण सार्क सदस्य राष्ट्रहरुका जनताहरुमा नैराश्यता छाएको छ।

अन्य कारणहरुमा चीन–पाकिस्तानबीच सँधै नै राम्रो सम्बन्ध हुनु र हालै जुन २०२० मा भारत–चीन वीच सिमानामा भएको भिडन्तले सम्बन्ध विग्रन जानु पनि हो। भारतले पाकिस्तानलाई राज्यस्तरबाट आतंकवाद सञ्चालन गरेको आरोप लगाउनु र पाकिस्तानले भारतले आफ्नो भू–भाग (खासगरी बलुचिस्तान) मा आन्तरिक हस्तक्षेप गरेको आरोप लगाइरहनु पनि सार्क अगाडि बढ्न नसक्नुका कारणहरु हुन् ।

साथै हालसालै भारतले पाकिस्तान सदस्य नभएको अर्को क्षेत्रीय संगठन विम्स्टेकलाई सक्रिय रुपमा अगाडि बढाई सार्कलाई खासै चासो दिएको देखिएन यसले गर्दा भारत–पाकिस्तान बीच तिक्तता झन् बढन गई सार्क प्रकृयालाई हानि हुन गएको छ।

भारतले पाकिस्तान सदस्य नभएको अर्को क्षेत्रीय संगठन विम्स्टेकलाई सक्रिय रुपमा अगाडि बढाई सार्कलाई खासै चासो दिएको देखिएन यसले गर्दा भारत–पाकिस्तान बीच तिक्तता झन् बढन गई सार्क प्रकृयालाई हानि हुन गएको छ।

हालसालै विश्व परिवेशमा धेरै नै राष्ट्रहरु वीच सम्बन्धमा उथलपुथलहरु भइरहेका छन्। त्यसमध्ये दक्षिण चीन समुद्र  (South China Sea) मा चीनले गरेको गतिविधि र त्यसबाट विश्व ब्यापारमा परेको नकारात्मक प्रभावलाई पनि लिन सकिन्छ। यस विषयमा अमेरिकाले लिएको हिन्द प्रसान्त रणनीति (Indo-Pacific Strategy)  ले पनि चीन अमेरिका सम्बन्धमा फाटो उत्पन्न गरेको छ।

यस कारणले पनि दक्षिण एसियामा अवस्थित मुलुकहरु वीच आपसी सम्बन्धमा कठीनाइ महसुस भएको छ। विश्वमा आर्थिकरुपमा सम्पन्न पहिलो राष्ट्र अमेरिका र दोस्रो राष्ट्र चीनवीच वैमनस्यता सुरु भई विश्व रंगमञ्चमा नेपाल जस्ता साना मुलुकहरु चेपुवामा पर्नेटड्कारो सम्भावना देखिएको छ।

निष्कर्ष

तर जेसुकै भएपनि सार्क यसरी मृत्यु शैय्यामा रहिरहँदा कुनै दिन उठ्नै नसक्ने गरी यो संगठन स्वतः खारेज हुन जाने सम्भावना पनि देखिन्छ। एकातर्फ १० सदस्य राष्ट्र भएको दक्षिण पूर्व एसियामा अवस्थित क्षेत्रीय संगठन ASEAN ले द्रूत गतिमा आर्थिक सहयोग विस्तार गरिरहेको परिप्रेक्षमा दक्षिण एसियामा यो प्रक्रिया रोकिन जानु राम्रो संकेत होइन।

त्यसवाट कसैलाई पनि कुनै फाइदा छैन र सार्क क्षेत्रका जनताहरुलाई ठूलो घाटा हुनेछ । सबै सदस्य राष्ट्रहरुले आ–आफ्नो तर्फबाट पहलकदमी लिई सार्कलाई पुनर्जीवन दिनु नै उत्तम विकल्प हो, यसमा सबै सदस्य राष्ट्रहरुले यथाशिघ्र कार्य गर्नु अत्यन्त जरुरी भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *