२४ घण्टामा १८जनाको मृत्यु, ४५ सयभन्दा धेरै संक्रमित

डिसी नेपाल
१४ वैशाख २०७८ १७:२२

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ। सोमबार १२ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६८१ नमूना परिक्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप ५५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ हजार ६७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । यस्तै, हालसम्म ५८ जना क्वारेन्टीनमा रहेका छन् भने २४ लाख ३२ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *