कोरोना कहरः धमाधम निशेषाधाज्ञा जारी गरिँदै
काठमाडौं। देशमा कोरोना भाइरसको संक्रमण फेरि तिब्र रुपमा र्फलिन थालेपछि देशका विभिन्न जिल्लाहरुमा स्थायनीय प्रशासनले धमाधम निशेषाधाज्ञा जाी गर्न थालेका छन्। गत मंसिर यता सुस्त भएको महामारी चैत लागेसागै फेरि तिब्र रुपमा फैलिएको छ।
छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिएको छ। संक्रमण फैलिन थालेपछि सरकारले स्वास्थ्य मापदण्ड जारी गरेको छ भने स्थानीय प्रशासनले निशेषाधाज्ञ जारी गरेका हुन्। मंगलबारसम्म देशका ७ वटा जिल्लामा निशेषाधाको आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। ती मध्ये बाँकेमा निशेषाधाज्ञा लागु भइसकेको छ भने अन्य जिल्लाहरुमा बुधबार र बिहीबारबाट लागु हुनेछ।
गृहका खुमाकान्त आचार्यले डिसी नेपालसँग भने, ‘आज (मंगलबार) दिउँसोसम्म ७ वटा जिल्लामा निशेषाधा जारी भएको छ। यो संख्या अझै बढ्न सक्छ।’ गृहका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कास्की, पर्सा, सुर्खेत र कैलालीमा निशेधाज्ञा जारी भइसकेको छ।
स्थानीय प्रशासनले ७ दिनका लागि यो आदेश जारी गरेका छन्। तर, मन्त्रिपरिषदले भने १५ दिन निशेषाधाज्ञा जारी गर्ने निर्णय गरेको छ। मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २६२२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबारमात्र ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जानकारी दिएको छ।
सरकारले सहरी क्षेत्रमा ५ सय र ग्रामिण क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय पुगे निशेषाधाज्ञा जारी गर्ने मापदण्ड बनाएको छ। यसअनुसार थप जिल्लाहरुमा पनि निशेषाधाज्ञा जारी हुने सम्भावना छ।
Facebook Comment