उपचारमा लापरबाही गरेको भन्दै जापान सरकारसँग ३८ लाख येन क्षतिपूर्ति मागे नेपालीले

डिसी नेपाल
१४ वैशाख २०७८ १८:३८

टोकियो। जापानको नागासाकीस्थित ओमुरा अध्यागमन केन्द्रको हिरासतमा रहँदा पर्याप्त उपचार सेवा नपाएको र घर फर्काइएको भन्दै क्षतिपूर्ति माग गर्दै एक नेपालीले जापानमा मुद्दा हालेका छन्। ती नेपालीलाई २०१९ अप्रिल महिनामा सुविधा केन्द्रमा फुटबल खेलिरहेको अवस्थामा अर्का खेलाडीसँग खुट्टा जुध्दा चोट लागेको थियो। सोही समय उनले अस्पताल लगिदिन माग गरे पनि एक हप्तापछि मात्रै अस्पताल लगिएको थियो।

मुद्दाको पहिलो मौखिक बहस नागासाकी जिल्ला अदालतमा सोमबा भएको छ। अवैध अध्यागमनका कारण २०१९ जनवरीमा पक्राउ परेका र शरणार्थी मान्यताका लागि आवेदन गरेका ३८ वर्षीय नेपाली रहेको बताइएको छ। जापानी संचारमाध्यममा प्रकाशित समाचारमा उनको नाम भने उल्लेख गरिएको छैन।

जानकारीअनुसार खुट्टमा चोट लागेको केही महिनापछि, अगस्टमा जब उनको दुखाई कम भएन उनलाई बाहिर डाक्टर कहाँ लगिएको थियो। सोही समय हिप जोइन्टको नजिकको हड्डी फिमोरल हेडमा समस्या भएको पत्ता लाग्यो। उनले हिड्न गाह्रो भएको र सुत्न पनि राम्रोसँग नसकेको भन्दै ३८ लाख येनको क्षतिपूर्ति माग गरेका छन्।

सोमबारको पहिलो मौखिक बहसमा वादी पक्षले अध्यागमन केन्द्र भित्रका मानिसहरुलाई मानिससरह व्यवहार नगरिएको र स्वास्थ्यको सबै जिम्मा जापान सरकारले लिनुपर्ने पक्षमा बोलेको जापानी सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख छ। तर सरकारी पक्षले भने घटनाप्रति प्रतिक्रिया राम्रै दिएको बताउँदै क्षतिपूर्ति दावी खारेजको लागि अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *