गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा

डिसी नेपाल
१५ वैशाख २०७८ ७:१९

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका दलहरुले ‘फ्लोर क्रस’ हुने आशंकामा आफ्ना सांसदहरुलाई एकै ठाउँमा राखेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसदलाई सोमबारदेखि लेकसाइडका रिसोर्ट र होटलमा राखेका हुन् ।

सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदलाई होटलमा राखिएको ती पार्टीले जनाएका छन् । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने टाढाबाट आउने सांसदलाई आउजाउमा समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *