ढुवानी र आपूर्ति सुचारू बनाउन मन्त्रालयले बनायो उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम

डिसी नेपाल
१५ वैशाख २०७८ ९:०३

काठमाडौं। निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा सुचारु राख्न र्‍यापिड रेस्पोन्स टिम बनाएको हो।

मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गरी विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ।  मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्नेछ।

मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ।

आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह(सचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता सह-सचिव डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेबार व्यक्ति तोकिएको छ ।

सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *