भारतमा रहेका नेपालीलाई सचेत रहन आग्रह

काठमाडौं । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई सचेत रहन आग्रह गरिएको छ । कोभिड १९ महामारीको संक्रमण अत्यधिकरुपमा वृद्धि भइरहेकाले भारतस्थित नेपाली दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।
त्यहाँ रहेका नेपालीहरुलाई मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी काममा बाहेक घरबाहिर ननिस्कन, भीडभाडबाट टाढा रहन तथा सामाजिक दुरी अपनाउन अनुरोध गर्दै सचेत रहन आग्रह गरेको हो ।
साथै, दूतावासले यदि स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया
Facebook Comment