करेन्ट लागेर बालकको मृत्यु
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका–१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज बेलुका घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ । सो क्रममा बायाँ हातको औँलामा करेन्ट लागेका उनको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment