जनमोर्चाले भन्यो- मतदानका बेला सांसद शाहीको अनुपस्थिति रहस्यमय

डिसी नेपाल
१६ वैशाख २०७८ १२:०२

काठमाडाैं। राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उनको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे विस्तृत थाहा नभएकाले स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ । पार्टीका जिम्मेवार नेताहरूले पनि शाहीलाई भेट्न पाएका छैनन्।

शाहीको अवस्था अज्ञात रहेको कारण देखाउँदै जनमोर्चाले निवेदन दिएका आधारमा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। नेकपा (एमाले) ले भने प्रदेशसभामा स्थगन हुन नहुने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *