गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

डिसी नेपाल
१६ वैशाख २०७८ १६:२७

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्री गुरुङको केहीबेरमा सपथ गराइँदैछ ।

संसदमा सरकारविरुद्ध अविश्वास रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तार गरेका हुन् । बुधबारको संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *