जसपा सांसद चौधरीद्वारा सरकारको निर्णयको स्वागत, भनिन्–बाँकी माग पनि पूरा हुनेछ भन्ने विश्वास लिएकी छु

डिसी नेपाल
१६ वैशाख २०७८ १६:५२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले नेपाल सरकारले पछिल्लो मन्त्रीपरिषद बैठकबाट राजनैतिक निर्णय गरी, सरकारले विभित्र चरणको मधेश आन्दोलनमा झुठा मुद्दा लगाईएका १२० जना को १५ वटा मुद्दा फिर्ता लिएको निर्णयको स्वागत गरेकी छिन् । उनले नेपाल सरकारलाई धन्यवाद समेत दिएकी छिन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै सांसद चौधरीले भनेकी छिन्,‘ नेपाल सरकारले पछिल्लो मन्त्रीपरिषद बैठक बाट राजनैतिक निर्णय गरी, सरकारले विभित्र चरणको मधेश आन्दोलनमा झुठा मुद्धा लगाईएका १२० जना को १५ वटा मुद्धा फिर्ता लिने निर्णय गरेकोमा उक्त निर्णयको स्वागत गर्दछु र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

सांसद चौधरीले आफूहरुले उठाएका अरु मुद्दा, रेशम चौधरी लगायतका राजनैतिक बन्दीहरुको रिहाई, नागरिकता विधेयक लगायत संविधान संसोधनका मुद्दाहरुको सुनुवाई भई माग पुरा हुनेछ भत्रे पनि विश्वास लिएकी छिन् ।

यस्तो छ विज्ञप्ती

मधेश आन्दोलन मुद्धा

नेपाल सरकारले पछिल्लो मन्त्रीपरिषद बैठक बाट राजनैतिक निर्णय गरी, सरकारले विभित्र चरणको मधेश आन्दोलनमा झुठा मुद्धा लगाईएका १२० जना को १५ वटा मुद्धा फिर्ता लिने निर्णय गरेकोमा उक्त निर्णयको स्वागत गर्दछु र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

हाम्रो पार्टी जनता समाजबादी पार्टीले बारम्बार राख्दै आएको माग जुन निर्दोष मधेसी जनतालाई विभित्र झुठा मुद्धा लगाई हिरासतमा राखेका छन, त्यसको शुद्धीकरण यस निर्णय संगै शुरु भएको छ भत्रे विश्वास लिएकी छु । नेपाल सरकारको यो पछिल्लो निर्णयको लागि नेपाल सरकार र जनता समाजबादी पार्टीका नेतृत्वगण जसले बारम्बार आफ्ना मागहरुलाई सशक्त तरिकाले राख्नु भयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो पुर्ण जीत नभए पनि विभित्र चरणको मधेस आन्दोलनले स्थापित बनाएको हाम्रो माग र हामीले उठाएका मुद्धाहरुको औचित्यमा राज्यले अब भने ध्यान दिन लागेको हो भत्रे सकारात्मक संदेश यस निर्णयले दिएको छ ।

हामीले उठाएका अरु मुद्धा, रेशम चौधरी लगायतका राजनैतिक बन्दीहरुको रिहाई, नागरिकता विधेयक लगायत संविधान संसोधन का मुद्धाहरुको सुनवाई भई हाम्रो माग पुरा हुनेछ भत्रे विश्वास लिन चाहन्छु र यस सन्बन्धि निर्णयहरु नेपाल सरकारले चाँडो भन्दा चाँडो पुरा गर्ने छन भन्ने विश्वास लिएकी छु ।

चन्दा चौधरी
सांसद
जनता समाजवादी पार्टी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *