मनाङ्गेले युवा तथा खेलकुदमन्त्रीको शपथ लिए, युवालाई जडिबुटीमा लगाउने योजना

डिसी नेपाल
१६ वैशाख २०७८ १७:३४

काठमाडौं। दीपक मनाङ्गेको नामबाट परिचित राजीव गुरुङले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको शपथ ग्रहण गरेका छन्। सरकारमाथि अविश्वासको तरवार झुण्डिरहेका बेला मुख्यमन्त्री पृथवीसुब्बा गुरुङले उनलाई बिहीबार मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार अपरान्ह मनाङ्गेलाई शपग ग्रहण गराए। शपथ ग्रहरण कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारी भने उपस्थित थिएनन्। उनी मनाङ ख बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। डन पृष्ठभूमिका मनाङ्गेलाई मुख्यमन्त्री गुरुङ्ले मन्त्रालयले विभाजन गरेर मन्त्री बनाएका हुन्। शपथ ग्रहण अघि पत्रकारहरुसँग कुरा गर्दै मनाङ्गेले मन्त्रालयले विभाजन गर्ने सुझाव आफैले दिएको बताएका छन्। उ

नले भनेका थिए, ‘एउटै मन्त्रालयमा ४, ५ विभाग छन्। इफेक्टिभ काम गर्न ठूलो मन्त्रालय भए हुँदैन। मैले नै सानो बनाउँ भनेको हुँ। अब एक दुई विभाग हुन्छन्।’ उनले आफू मन्त्री बनेपछि गर्ने कामको योजनासमेत बनाइसकेको बताएका छन्। तर, भिजन भने शुक्रबारमात्र सार्वजनिक गर्ने बताए। तर, उनले युवाहरुलाई जडिबुटी व्यवसायमा लगाउनुपर्ने बताए। उनले भने, ‘युथका लागि विजनेश छ। मैले पहिला पनि जडिबुटीको व्यवसाय गरेको हुँ। अनुभव छ। विदेश जानै पर्दैन। स्पोर्टका लागि त हाम्रो टिम राम्रै छ।’

उनले आफैले खेलकुद मन्त्रालय रोजेको बताएका छन्। उनले भनेका छन्, ‘यस्तो बेला अर्थ मन्त्रालय रोजेर के गर्ने ? ४ जना डक्टर चाहियो, पीएचडी गरेको। काम गर्न सक्नु पर्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *