धौलागिरीमा २००६ मा दुर्घटनामा परेको हेलिकोप्टर र मानव अवशेष भेटियो
काठमाडौं। २००६ मा धौलागिरी हिमालमा दुर्घटनामा परेको एअर डाइनेस्टीको हेलिकोप्टर फेला परेको छ। नेपाली सेनाले धौवलागिरी हिमालको बेस क्याम्पभन्दा २०० मिटरको दूरीमा दुर्घटनाग्रस्त हेलिकोप्टर फेला पारेको हो।
सफा हिमाल अभियान अन्तगर्त हिमालको फोहोर हटाउनेक्रममा हेलिकोप्टर फेला परेको नेपाली सेनाले जनाएको छ। सेनाले हेलिकोप्टरसँगै मानव अवशेष पनि फेला परेको छ। सेनाले फेला परेको हेलिकोप्टर २००६ मा दुर्घटनामा परेको एअर डाइनेस्टीको भएको तर, मानव अवशेषबारे भने केही नुखलेको बताएको छ। सेनाले मानव अवशेसको पहिचानका लागि प्रयास भइरहेको बताएको छ।
प्रतिक्रिया
Facebook Comment