दैलेखमा कोरोनाबाट २७ वर्षीया गर्भवतीको मृत्यु

दैलेख । कोरोना सङ्क्रमणका कारण दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए । बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिए। रासस
प्रतिक्रिया
Facebook Comment