व्यग्य : चिँ मुसी चिँ
निकै वर्ष अगाडि एकजना सरकार प्रधानले आफ्नै दलका मुसा प्रबृत्तिले आफ्नो जहाज डुबाएको भनेर ठिकै भनेका रहेछन्। उनले त्ईसबेला ईो प्रवृत्ति अझ झाँगिने र ईसैबाट नेताहरु अझ नाँगिने भविष्ईाणी गरेर दुखी हुँदै सत्ता छोडेर बाहिरिएका थिए।
उबेला आफ्नै दलका थापा थरका चल्तापुर्जा नेताले अर्को टोलीबाट निकै मोटो पापा प्राप्त गरेर चन्द थरका सरकार प्रधानलाई धोका दिएर मुसा प्रवृत्तिबाट नगदको गतिलै पोका हात पारेर सरकार ढाल्नमा मुख्य भूमिका निभाएका थिए रे।
त्यसबेला नौलो लागेपनि अहिले त्यही प्रवृत्ति निकै विकशित भएर अहिलेको अबस्थामा केन्द्रदेखि प्रदेशसम्म शानदार तरिकाले चलिरहेको, यसबाट माननीयहरूको खल्तीमा नगद फलिरहेको, यसबाट सरकार प्रधानहरु आफ्नो इज्जतको समेत कुनै पर्वाह नगरी जस्तो सम्झौताको लागि पनि तयार भएर गलिरहेको र अनेक तरिका अपनाएर बेइज्जतलाई लाजै नमानिकन पचाएर हिँडेपनि नैतिकता चाहिँ दिनदिनै ढलिरहेको देखेर जनताले आफ्नो भोटको सहि सदुपयोग भएकोमा गर्व गरेका अनि त्यही प्रवृत्ति अझ बढ्दै जाने कुरामा ढुक्क परेका छन्।
केन्द्र प्रदेश जेसुकै भनेपनि र जसलाई जसरी गनेपनि मुसा प्रवृत्ति मौलाउँदै जानुमा आफ्नो कुर्सी जोगाउने र आफ्नालाई सबैथरीका सुख शयल भोगाउने प्रवृत्तिले दरिलो मलजल गरेपछि मुसा प्रवृत्तिका माननीयहरुले भरिलो साथ दिने परम्पराले निरन्तरता नपाउने कुरै आएन।
गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुलाई मुसा प्रवृत्तिले सहयोेग नगरेको र त्यस्तो अवस्था नपरेको भए यतिखेर कुर्सी हातबाट फुस्किसकेको हुन्थ्यो होला। केन्द्रको निर्देशन, प्रदेशको कार्यान्वयन र खल्तीमा निकै ठूलो नगद सहितको मन्त्री पद पाइन्छ र नक्कली बिरामी वा अरु बहानामा घुमफिर गरेको भरमा झण्डा हल्लाएर खाइन्छ भने केही वर्षपछि कता जाइन्छ भनेर चिन्ता गरिराख्नु बुद्धिमानी पनि होइन।
माननीयहरुले जे गरेका छन् ठिक गरेका छन्।
गुण्डागर्दी, दादागिरी, फिरौती,उठ्ती पुठ्ती, हप्तादेखि विभिन्न काममा असुली, ज्यानमार्ने उद्योग आदि जस्ता अत्यन्त नाफामूलक उद्योग धन्दामा लागेका र यसैबाट मजाले जागेका माननीयलाई मन्त्रीको रुपमा देख्न पाउँदा बिगतमा उनलाई हतकडी लगाएर घिसार्दै प्रहरी कार्यलय र अदालत पुर्याउने प्रहरीलाई कति खुसी र गर्व लागेको होला।
झिनामसिना दलका काम न काजका माननीय भनेर सबैले हेपेर मान्छे नगनेको अबस्थामा मुख्यमन्त्रीको कुर्सी बचाउन अहम् भूमिका निभाएपछि हातलागि भएको थोरबहुत पचाउन लाज मानिराख्न पर्दैन। केन्द्रमा पनि अबस्था यस्तै छ। आफ्नो पार्टीकाले सहयोग नगरेर छोड्दै हिँड्न थालेपछि र आफैलाई हटाउन कदम चालेपछि अरु पार्टीका भगौडाहरुलाई फकाई फुल्याइ खुवाइ पिलाइ गरेर कुर्सी जोगाउने उपाय निकाल्न परिहाल्योे नि। आखिर कुर्सी नै सबैथोक रहेछ भन्ने सबैले बुझिहाले।
पहिले पहिले माथिका नेताहरुलेमात्रै बुझेको बेलामा लुकिछिपी गर्न पथ्र्यो र भित्रभित्रै काम टथ्र्यो अब त्यस्तो गरिराख्न परेन। सबैकुरो खुलेआम भएपछि यो भन्दा ठूलो पारदर्शिता कहाँ पाइन्छ र जसले जहाँ जेपनि देखाइ देखाइ खाइन्छ अनि जो जतापनि जाइन्छ। यसमा केही फरक पर्दैन।
पार्टीको ह्रवीप कता हो, व्यक्तिगत नैतिकता कता हो, राजनैतिक सिद्धान्त कता हो, जनतासित गरेको बाचा कता हो, ठाउँठाउँमा खाएको सपथ कता हो? भनेर सबै पार्टीका माननीयहरुलाई सोध्योे भने आफ्नै शिर्ष नेतृत्वतिर फर्केर बस्ने र जनतासित झर्केर मुठ्ठी कस्ने गरेको देख्दा जस्तो देख्छ त्यस्तै सिक्छ अनि केन्द्रदेखि प्रदेशसम्म सबै बिक्छ र त्यही परिपाटीले भविष्यमा कस्ताकस्ता समस्या झिक्छ भन्ने पर्खेर बस्ने हो भने अझ रमाइला दृश्यहरु हेर्नको लागि धेरै लामो समय कुर्न पर्दैन होला।
खाइरहेको मन्त्री पद छोड्न पर्ला र आफ्नो औकात बेरोजगार माननीयमा झर्ला भनेर मन्त्री पद कायम रहने शर्तमा खाओबादी पार्टीलाई लात हानेर मन्त्रीको कुर्सीबाट प्राप्त हुने मिठो भात खान आएका मन्त्रीहरुले सरकार प्रधानको कुर्सी जोगाउन क्रमशः सुख्खा हुँदै गएको पार्टी छोडेर आए। पुरानो पार्टीले उनिहरुको सांसद पद खारेज गरिदिएकै दिन साबिककै मन्त्रालयको मन्त्रीको हैसियतले फेरि सपथ ग्रहण गरेपछि मन्त्री पदमा ग्रहण लागेन र जसो गरेपनि कुर्सी आफ्नो हातबाट भागेन।
खाओबादी पार्टीका स्वघोषित महान नेताले लुटेर खोसेर चोरेर ढाँटेर छलेर ठगेर भएपनि राम्रै खानपिन गराएर र चाहे अनुसार भुँडी भराएर राखेका भएपनि मौकामा उनैलाई धोका दिएर मन्त्री पद खान आए अनि मन्त्री सहित पार्टीको दर्जापनि पाए।
मन्त्रीको कुर्सीमा बस्नको लागि झण्डै झण्डै जीवन नै सुम्पेर लागेको पार्टी र नेतालाई चटक्क छोडेर उनका कुरा पटक्क नसुनि हिँड्न सक्ने मुसा प्रवृत्ति कामरेडहरुले जस्तै अप्ठ्यारोमा पनि यसैगरी साथ दिन्छन् अनि आफ्नो पक्ष लिन्छन् भनेर सरकार प्रधानले विश्वास गरेकै होलान्। यताका बफादारहरुले ति कुर्सीमा पुग्ने आशा गरेर मुख मिठ्याई रहेको बेलामा स्वघोषित महान नेतालाई नटेरी आउने अटेरी नेताहरु कुर्सी तलमाथि पर्यो भने कता पुग्लान् भन्ने उनैलाई पनि थाहा हुँदैन।
अहिले टाँसिन र साख्खै भएर गाँसिन आएका पूर्व खाओबादीहरुले कुर्सी ओगटेको देखेर छटपटाएका रैथानेहरु कोही कोही खप्न नसकेर भट्भटाएका र कोही भने अन्यत्र जाँदा यसैगरी ठूलै माछो हात लाग्न सक्छ कि भनेर चटपटाएका देखिन्छन्। जति बल गरेपनि अहिलेलाई सरकार प्रधानको गुलामी गर्नु बाहेक अन्यत्र जता लागेपनि र जति मैं हुँ भनेर जागेपनि हातमा शून्य बाहेक अरु केही लाग्नेवाला छैन भनेर बुझ्नेले बुझेकै छन्। यी उ भन्दै जेसुकै नाम दिएपनि सबैमा मुसा प्रवृत्ति चाहिँ उस्तै नै हो।
एउटै पार्टीमा वर्षौसम्म बसेर र सरकार प्रधानलाई कुर्सीबाट खँगार्न कम्मर कसेर लाग्दा घर न घाटको अवस्थामा पुग्ने हो कि जस्तो देखिएपछि आफ्ना नजिकका भनिएका र भित्रियामा गनिएकाहरुले छोड्दै जान थालेपछि अनि सरकार प्रधानका बचन बाँणले गालेपछि सरकार प्रधान बाहेक सबै पार्टीका ढोका चहारेर अविश्वास प्रस्तावको लागि हारगुहार गर्दापनि अरु पार्टीहरुले विश्वास नगरिदिँदा चौबाटोमै भौंतारिएर बर्बराउन पर्ने अबस्थाका स्वघोषित महान नेतालाई अरु मुसाहरुलेपनि नछाड्लान् भन्न सकिन्न।
अहिले टाँसिन र साख्खै भएर गाँसिन आएका पूर्व खाओबादीहरुले कुर्सी ओगटेको देखेर छटपटाएका रैथानेहरु कोही कोही खप्न नसकेर भट्भटाएका र कोही भने अन्यत्र जाँदा यसैगरी ठूलै माछो हात लाग्न सक्छ कि भनेर चटपटाएका देखिन्छन्। जति बल गरेपनि अहिलेलाई सरकार प्रधानको गुलामी गर्नु बाहेक अन्यत्र जता लागेपनि र जति मैं हुँ भनेर जागेपनि हातमा शून्य बाहेक अरु केही लाग्नेवाला छैन भनेर बुझ्नेले बुझेकै छन्। यी उ भन्दै जेसुकै नाम दिएपनि सबैमा मुसा प्रवृत्ति चाहिँ उस्तै नै हो।
पहिले जस्तै फस्ल्याँग फुस्लुँग पारेर सबैलाई प्रयोग गरौंला र सबैथोक हात परेपछि आफ्नो औकातमा झरौंला भन्ने पुरानो फर्मुलाले काम नगरेपछि आजै नयाँ सरकार बन्छ भोलिनै नयाँँ सरकार बन्छ भनेर भट्याइरहने स्वघोषित महान नेता अहिलेलाई नयाँ सरकार नबन्ने भयो भन्न थालेका हुनाले सबैले अर्कै कदम चालेका छन् भनेर बुझ्न पर्छ।
सरकार प्रधानलाई कुर्सीबाट हटाउन र पाएसम्म ठडिनै नसक्ने गरी डाँडो कटाउन वर्षौंसम्म जानेजति र सकेजति सबै तरिका अपनाएर कोशिश गर्दापनि नसकेर आफै थन्कने अवस्था आएपछि आफैंसित रन्कने बाहेक अरु उपायपनि देखिन्न। सडक,जनता, छिमेकी, अदालत,अरु पार्टीहरु आदि सबैलाई हारगुहार बिन्ती गर्दापनि कसैको गिन्तीमा पर्न नसक्दापनि सरकारलाई दिइरहेको समर्थन फिर्ता नलिनु र आफ्नै हातमा भएको काममा ध्यान नदिनुलाई स्वघोषित महान नेताको स्वघोषित महान राजनीति भनेर सबैले भनेका छन्।
यसैबाट राजनैतिक विश्वसनीयता छिटोछिटो स्खलित हुँदै गएपछि रुँदै अरु पार्टीका ढोका धाउने र जति नचाहिँदो दुख पाउने काम गरेपनि अहिलेलाई हातमा केही आउने अबस्था छैन। त्यही भएर उनको स्वघोषित महान पार्टीमा मुसा प्रवृत्ति अझ राम्ररी फल्ने फुल्ने र मुसाहरु पोसिलो दानापानी पाइने ठाउँतिर डुल्ने अनि खान पाइन्जेलसम्म उतै भुल्ने निश्चित छ।
केन्द्रको मुसा प्रवृत्ति तुरुन्त प्रदेशतिर पनि सर्यो र यसैले मुख्यमन्त्रीहरुको खड्गो टर्यो । कर्णाली प्रदेशमा मुख्य मन्त्रीलाई जोगाउन केन्द्रको सत्तारुढ पार्टीकै अर्को गुटले एकजुट भएर ह्वीप उल्लघंन गर्दै फ्लोर क्रस गरिदिएर मुख्यमन्त्रीको जागिर जोगाइ दिए। यस बापत यिनीहरु ठूलै आपतमा पर्छन् होला भन्ने सोच अनुसार पार्टीको साधारण सदस्य र संसद सदस्यबाट समेत निष्काशन भएकै दिन मन्त्री पद पड्काएर र तत्कालै सपथ ग्रहण गरी सरकारमा खुट्टा अड्काएर पार्टी र अध्यक्षसहितका नेताहरुलाई देखाई दिए।
यस महान कार्र्यको लागि महान खाओवादी पार्टीका मुख्य मन्त्रीले राम्रै शुभलाभसहित मन्त्री पदको उपहार दिएर भएपनि उनीहरुको समर्थन लिएर देखाइ दिए। मुख्य मन्त्रीको पद खान्छु र सबैका अगाडि कुर्सीमा जान्छु भनेर सुरुदेखि ज्यान छोडेर लागिपरेका केन्द्रीय सत्तापक्षका नेतालाई आफ्नै पार्टीको अर्को गुटका माननीयहरुले हिस्स पारिदिए र मुख्यमन्त्रीको सपनाबाट गल्र्याम गुर्लुम झारिदिए।
लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको बिरुद्धमा पनि अविश्वासको प्रस्ताव आयो र यसैको आधारमा जसपाका चारजनाले मन्त्री पदको उपहार पाए। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चारजनाले त्यसको भोलिपल्टै मन्त्री पदको सपथ ग्रहण गरेर मन्त्री पद हत्याउन र मुख्य मन्त्रीलाई अत्याउन अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि अरु केही नगरि यथेष्ट नगदसहित मन्त्रीको पगरी मिल्ने रहेछ भन्ने नजिर स्थापित गरिदिए।
उनीहरुको पनि पार्टीको सदस्यता र संसद सदस्यको पद गयो तर यसैबाट उनिहरुको आर्थिक र पदीय उन्नति भयो। जसले जेसुकै भनोस् र जसले जुन स्तरमा गनोस् उनीहरुलाई केही मतलब छैन। दिनेलाई पनि लाज छैन र लिनेलाई पनि लाज छैन।
गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीको जागिर धरापमा पर्नासाथ आफूलाई अरु सबै वामपन्थीहरु भन्दा सिद्धान्तको राजनीति गर्ने भनेर कुर्लिने र आफू बाहेक अरु सबै नक्कली हुन् भनेर उर्लिने जनमोर्चाका एकजना माननीय एकाएक हराए अनि उनको खोजी गरेर मात्रै सदनको कारवाही अगाडि बढाउन पर्छ भनेर अरु चाहिँ कराए र यो देखेर अविश्वास प्रस्तावकहरु भने डराए।
माननीयको खोजी गर्दै जाँदा बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएका माननीय दिउँसो पोजेटिभ आएर सिकिस्तै भएर अस्पतालको आईसियूमा उपचार गराइरहेको अबस्थामा फेला परे र सबैले यसलाई विश्वास गरे। पोखराको निजी भ्रमणमा बिजी रहेका माननीय अपहरणमा राम्रै अनुभव र दक्षता हासिल गरेका भक्तपुरे माननीय र पूर्व मन्त्रीपनि सिकिस्त माननीयलाई केन्द्रको तर्फबाट भेट्न र स्वास्थ्य अवस्था बुझ्न गएको देखिनु स्वाभाविकै हो।
पार्टीले प्रदेश सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताबबाट जोगिन मुख्यमन्त्रीले राम्रैसित खल्ति गरम गरिदिएपछि सरकार पट्टी नरम भएर सबै लाज शरम पचाएर बिरामी हुनको लागि माननीयलाई मुख्यमन्त्री, उनको सरकार, केन्द्रीय प्रतिनिधि माननीय, अस्पताल,डाक्टर आदि सबैको साथ र सहयोग भएको प्रत्यक्ष रुपमा देखिएको हुनाले मुसा प्रवृत्तिमा पूरा संयन्त्र नै परिचालित छ भनेर थाहा पाउन र यसको खबर बाहिर आउन कतै धाउन पर्ने आवश्यकता छैन।
गण्डकी प्रदेशकै मुख्य मन्त्रीको जागिर जोगाउन ठूलो मद्दत गरेको र सबैलाई तर्साउन लागि परेको हुनाले मनाङे थरका स्वतन्त्र सांसदले पनि खेलकुद मन्त्रीको पद पड्काएछन् र मुख्य मन्त्रीलाई कसैले हल्लाउन सक्दैन भनेर हलो अड्काए छन्। युवा तथा खेलकुद मन्त्री हुनासाथ उनले युवाहरुलाई अब जडिबुटीमा लगाउन पर्छ र यसैबाट युवाहरुलाई जगाउन पर्छ भन्ने धारणा राखेछन्।
अब त्यहाँको स्वास्थ्य मन्त्रीले युवाहरुलाई खेलकुदमा लगाउनपर्छ भन्ने धारणा राख्छन् होला। गुण्डागर्दी, दादागिरी, फिरौती,उठ्ती पुठ्ती, हप्तादेखि विभिन्न काममा असुली, ज्यानमार्ने उद्योग आदि जस्ता अत्यन्त नाफामूलक उद्योग धन्दामा लागेका र यसैबाट मजाले जागेका माननीयलाई मन्त्रीको रुपमा देख्न पाउँदा बिगतमा उनलाई हतकडी लगाएर घिसार्दै प्रहरी कार्यलय र अदालत पुर्याउने प्रहरीलाई कति खुसी र गर्व लागेको होला।
यस्ता महान पुरुषलाई मन्त्रीको रुपमा सलाम गर्न र उनको अगाडि पर्न पाउँदा उनीहरुलाई कति आनन्द आउँछ होला भन्ने त सरकार प्रधान र त्योे स्तरका नेताहरुलाई राम्ररी थाहा होला। हुन त माथिदेखि तलसम्मका सबै त्यही खाले हुनाले खासै फरक पर्दैन होला। त्यो प्रदेशमा मात्रै होइन केन्द्रदेखि अरु प्रदेशहरुमा पनि त्यस्ता महापुरुषहरुलाई खोजीखोजी र रोजीरोजी ल्याएर ठूलाठूला पदमा आसिन गराएन भने मुसा प्रवृत्तिले जागिर जोगाउन गाह्रो पार्दै जाने र सबैको टाउको खाने निश्चित छ।
उसैपनि मुसा मार्न र अन्न सुरक्षित पार्न ढाडे बिरालो पाल्ने हाम्रो पुरानो चलन नै हो। जसपाबाट सरकारले समर्थन लिन र उनीहरुले भनेको सुबिधा दिन सरकारले जसपाका एकसय बीसजना होनहार कार्र्यकर्ताको फौजदारी मुद्दा खारेज गरेर सफाई दिएको सुनियो। यसमा एकदमै राजनैतिक व्यक्तिहरु मात्रै परेका छन् भनेर सरकार प्रधानले विश्वास गरेका छन्।
जसपाका नेताहरुले अहिलेसम्म झुटो बोलेको थाहा नभएको हुनाले यसलाई सबैले पत्याउनुपर्छ। अब यी भन्दा अझ जटिल र जघन्य अपराधहरुका अभियुक्तलाई यसैगरी सफाई दिँदै अदालत खारेज गरिदिने र प्रहरीलाई अपराधी पृष्टभूमिबाट आएका र डर धम्की देखाएर मन्त्री पद खाएका व्यक्तित्वहरुलाई जी हजुरी गर्दै सलाम गर्ने काममा मात्रै लगाएमा संसारभरिबाट सरकार प्रधान लगायतका नेताहरुले ठूलो स्याबासी पाउने पक्का छ।
जे होस्, पुरानो मुसा प्रवृत्ति मौलाउने र कुन बेला को बौलाउने भन्ने थाहा नहुने अबस्था आइसकेको अनि सरकार प्रधानदेखि लिएर ठूला भन्ने दलका नेताहरु र त्यस्का बिभिन्न गुटहरुको आपसी फुटबाट पनि मुसाहरु एकजुट भएर संबिधान,व्यवस्था,संघीयता, निईम, कानुन, पद्धती, प्रणाली लगायतका विषयमा वर्तमानमा यसैका जन्मदाता र सहयोगी भनौदाहरुबाटै खतरा हुने अनि कोहीले सत्ताको सबै स्वादलाई दुबै हातले छुने र नपाउने चाहिँ कुनामा बसेर रुने अबस्था भएसम्म मुसा प्रवृत्तिको अन्त्य नहुने हुँदा सबैले बाल्यकालमा खेलेको खेल सम्झँदै एकैस्वरमा भन्न पर्छ, चिँ मुसी चिँ।
Facebook Comment