स्वास्थ्यमन्त्रीको भिडियो सन्देश-आतंकित हुने अवस्था छैन, सबै जिम्मा सरकारले लिएको छ

डिसी नेपाल
१८ वैशाख २०७८ २१:२९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले तिव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणमा बाहिर प्रचार भएजस्ताे  सरकारले हातखुट्टा नछाडेको बताएका छन् ।

मन्त्री त्रिपाठीले शनिबार एक भिडियो सन्देश जारी गरी सबैलाई आतंकित नहुन पनि आग्रह गरेका छन्। उनले भने, ‘आतंकित हुने अवस्था छैन, सबै जिम्मा सरकारले लिएको छ र सरकार आफ्नो प्रतिबद्धता पुरा गर्न तयार छ ।’

उनले काठमाडौं उपत्यकामा एक हजार वेड थप गर्ने बताएका छन् । उनका अनुसार आइतबारदेखि नै उपत्यकामा वेड थप हुनेछन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार वेड उपलब्ध गराउन नसक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अपिल गरेको थियो, जसका कारण सरकारले हात उठाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

मन्त्री त्रिपाठीले अक्सिजन सिलिण्डर लगायतको आपूर्तिमा समस्या देखिएको र त्यसलाई समाधान गर्न हरप्रहर कोसिस भइरहेको बताए । उनले दुईतीन दिनभित्रै जीवनदानी औषधिहरु पनि आपूर्ति हुने जानकारी दिए ।

निषेधाज्ञाले सर्वसाधारणलाई पर्न गएको असुविधाप्रती उनले क्षमा मागेका छन् । यस्तै, महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएकाहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *