लुम्बिनी प्रदेशमा शंकर पोखरेल नै फेरि मुख्यमन्त्री बन्ने

डिसी नेपाल
१९ वैशाख २०७८ ९:५९

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

अहिले लुम्बिनी प्रदेशमा दुई दलको सरकार छ । तर, पछिल्लो समय जसपाका ४ सांसद कारवाहीमा परेपछि प्रदेशमा एमालेको एकल बहुमत पुग्ने स्थिति छ । यस्तोमा एकल बहुमतको सरकार बनाउने उद्देश्यले उनले राजीनामा दिएको हुन सक्ने विश्वास गरिएको छ ।

पोखरेलले अब ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने बताएकोबाट पनि यसको संकेत मिल्छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका १ सांसद छन् । कूल ८१ सदस्य कायम रहेको लुम्बिनीमा एमालेको ४१ एकल बहुमत हो ।

राजीनामासँगै अब एमालेले प्रदेशमा एकल सरकार बनाउने प्रयास थालेको छ । यसका लागि अहिले संसदीय दलको बैठक बसिरहेको छ । प्रदेशमा यसअघि गठबन्धन सरकार रहेकोमा मुख्यमन्त्रीले राजीनामा दिए संविधानअनुसार एकल बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ । त्यसो नभए ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ । लुम्बिनीमा ठूलो दल एमाले हो र त्यसको संसदीय दलको नेता पोखरेल नै हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *