लुम्बिनी प्रदेशका दुई मन्त्रीले लिए सपथ

डिसी नेपाल
१९ वैशाख २०७८ २१:३५

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्रदेश सभा सदस्य हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।

दुवैजनाले मुख्यमन्त्रीसँगै सपथ लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *