गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादवलाई नियुक्त गर्ने निर्णय, शेरचन र त्रिपाठी पदमुक्त

डिसी नेपाल
२० वैशाख २०७८ १७:०६

काठमाडौं। सरकारले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। उनीहरुलाई पदमुक्त गर्ने र गण्डकी प्रदेश प्रमुख सीता पौडेल तथा सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

शेरचन र त्रिपाठी दुबैजना माओवादी केन्द्र निकट हुन्। यसअघि ओली सरकारले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलार्य पदमुक्त गर्दै तत्कालिन माओवादी केन्द्र र एमाले निकट व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। अहिले नेकपा खारेज भई एमाले र माओवादी केन्द्र अस्तित्वमा आइसकेकाले माओवादी निकटहरुलाई पदमुक्त गरिएको हो।

यसअघि प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पनि पदमुक्त गरिएको थियो। परियारको स्थानमा राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *