६ वर्षपछि खुल्यो इजरायल
![६ वर्षपछि खुल्यो इजरायल](https://www.dcnepal.com/wp-content/uploads/2021/05/israel-tourism_8QRyaUc7zM.jpg)
काठमाडाै। सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया
Facebook Comment