कोरोनाका कारण २४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक
काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ ।
थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म २५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
Facebook Comment