कतार जेलमा रहेका १४ नेपालीले पाए आममाफी

काठमाडौं । कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको हो ।
यसअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदी बन्दीहरुको रिहाईका लागि दूतावासले कतार सरकारसमक्ष अनुरोध गरेको थियो ।
आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग दूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment