कतारमा १४ जना नेपालीलाई आममाफी

डिसी नेपाल
२२ वैशाख २०७८ ६:५५

कतार । कतार सरकारले कतारको जेलमा रहेका १४ जना नेपालीहरुलाई आममाफी दिएको छ । कतार सरकारले केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा बिभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको हो ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा उनीहरुलाई माफी दिइएको छ । आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक सहजीकरण गरिने नेपाली राजदूतावास दोहा कतारले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

त्यस्तै गत बर्ष पनि विभिन्न अभियोगमा कतारको जेलमा रहेका ८ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको थियो । उनीहरु कुटपिट, चोरी, सवारी जन्य कसुर, लागूऔषध कारोवार, मादक पदार्थ कारोबार र ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए । कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *