बालबालिकाको वेबसाइटमा बिकिनी मोडल

डिसी नेपाल
२२ वैशाख २०७८ १६:१०

काठमाडौं। पछिल्ला केही वर्षयता इन्टरनेटको विकास निकै द्रुत गतिमा भएको छ । इन्टरनेटका प्रयोगकर्ता बढेका छन् र कैयौंले इन्टरनेटकै माध्यमबाट नाम र दाम कमाएका छन् । अहिले हरेक वर्गका मानिसहरु कुनै न कुनै प्लेटफर्ममा आफ्नो स्थान खोजिरहेका छन् । तर, यस क्रममा कैयौं यस्ता ट्रेन्ड सुरु भएका छन् जसको तीब्र आलोचना भएको छ किनकि यी ट्रेन्डले धेरैलाई असहज बनाएका छन् । पछिल्लो समय ट्वीच नामको एक लाइभ स्ट्रिमिङ प्लेटफर्ममा पनि यस्तै भइरहेको छ ।

ट्वीच बालबालिकाहरुबीचमा निकै लोकप्रिय छ । यो प्लेटफर्मका किशोरकिशोरी र युवाहरु एक अर्कालाई गेम खेलिरहेको हेर्छन् । तर, पछिल्लो समय यो प्लेटफर्ममा केही मोडलहरु बिकिनी लगाएर हट टबमा आफ्ना फ्यानसँग च्याट गरिरहेका छन् र निकै पैसा कमाइरहेका छन् । ट्वीट लाइभस्ट्रिमको क्रममा फ्यानले आफ्नो मन पर्ने खेलाडीसँग च्याट गर्न सक्छन् र उनीहरु आफ्नो मन पर्ने खेलाडीलाई पैसा पनि दिन सक्छन् । तर, यो सुविधाको प्रयोग अहिले हट टब लाइभ स्ट्रिमिङको लागि भइरहेको छ ।

पछिल्लो समय ट्वीटमा यसरी बढिरहेको ट्रेन्डप्रति धेरै प्रयोगकर्ताहरु असन्तुष्ट छन् । उनीहरुले बालबालिकालाई ध्यानमा राखेर बनाइएको प्लेटफर्ममा पुलमा बिकिनी लगाएर बसेका मोडलको कुनै काम नभएको बताएका छन् । स्टेटिस्टाको रिपोर्टअनुसार यो प्लेटफर्ममा प्रतिदिन ३० मिलियन प्रयोगकर्ता सक्रिय हुन्छन् । ट्वीचका हेड अफ क्रिएटर डेभलपमेन्ट मार्कस ग्रहमका अनुसार प्लेटफर्मको नग्नता नीतिमा बाथ सुट लगाउन वा बाथटबमा बसेर लाइभ स्ट्रिम गर्न कुनै रोक छैन । नग्नता फैलाएको हकमा भने प्रयोगकर्तामाथि कारवाही हुन सक्छ ।

तर, यो प्लेटफर्ममा बिकिनी मोडलहरुले यसअघि नै सीमा नाघिसकेका छन् । केही समय पहिले जस्मिन नामकी उक मोडललाई ट्वीचमा लाइभ स्ट्रिम गर्न प्रतिबन्ध लगाइएको थियोकिनकि पुलमा लाइभ स्ट्रिम गर्ने क्रममा उनको कपडाले ठाउँ छोडेको थियो । कैयौं मानिसहरुले भने यो प्लेटफर्ममा नग्नतालाई लिएर नियम अपर्याप्त भएको बताएका छन् । उनहिरुले यसरी बिकिनीमा लाइभ स्ट्रिम गर्ने मोडलमाथि रोक लगाउनुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *