मन्त्री जुली कुमारी महतो कोरोना संक्रमित

डिसी नेपाल
२२ वैशाख २०७८ २२:२१

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो कोरोना संक्रमित भएकी छन्। उनले आफू संक्रमित भएको बुधबार जानकारी दिएकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्।

उनले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेट भएको बताएकी छन्। उनले भनेकी छन्, ‘मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ, सजग बनौं।’

महतो संक्रमित हुने वर्तमान मन्त्रिपरिषदकी तेस्रो मन्त्री हुन्। यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पर्यटनमन्त्री भानुभक्त ढकाल संक्रमित भइसकेका छन्। उनीहरु आइसोलेशनमै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *