सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

डिसी नेपाल
२२ वैशाख २०७८ २३:०३

लहान । नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए ।

भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कणेँलले बताए । बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *