माधव नेपालले शीतल निवासमा बिताए करिब ३ घण्टा

डिसी नेपाल
२३ वैशाख २०७८ २३:०६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब ३ घण्टा छलफल गरेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल शीतल निवासबाट बाहिरएका छन्। साढे ७ बजे शीतल निवास पुगेका नेता नेपाल शीतल निवासबाट राति सवा १० बजेमात्र निस्किएको स्रोतले जनायो।

शीतल निवासमा पुग्नुअघि नेता नेपालले बुढानिलकण्ठ पुगेर कााग्रेस सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेका थिए। सत्तारुढ दल एमालेमा चर्केको विवादले पार्टी विभाजनको खतरा बढाएको बेला राष्ट्रपति भण्डारी र नेता नेपालबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेतासँग छलफल हुनुअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि विहीबार नै भेट भएको थियो। शीतल निवासमा राष्ट्रपतिसँग भेटपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो।

उता पार्टीको विवादका विषयमा विहीबार ओली समूह र माधव समूहका नेताहरुबीच चरण चरणमा छलफल भएको छ। अर्थमन्त्री विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच पनि वार्ता भएको जनाइएको छ। यही वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागेका छन्। सो विश्वासको मतमाथिको मतदानले एमालेलाई विभाजन गराउने चर्चा चलिरहेका बेला विवाद समाधानका लागि बुधबार र विहीबार नेताहरुबीच् सघन वार्ता भएको छ।

विहीबार दिनभरको वार्ताले ओली र नेपाललाई फेरि वार्ताको टेबुलमा ल्याउन सक्ने अनुमान गरिएको छ। नेताहरुले पार्टी विभाजन रोक्ने यो अन्तिम कसरत भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *