संवैधानिक परिषदको बैठक बोलाइयो

डिसी नेपाल
२४ वैशाख २०७८ १६:२१

काठमाडौं। आगामी आइतबार बस्ने गरी संवैधानिक परिषदको बैठक बोलाइएको छ। विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पूर्तिको सिफारिसका लागि बैठक बोलाइएको हो। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितमै अध्यक्ष तथा प्रधानमन्त्रीलगायत तीनजनाको उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ।

यसअघि अध्यादेश जारी गर्दै बसेको बैठकले ३७ वटा पदपूर्ति गरेको थियो। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ भने सदस्यहरुमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष रहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *