राजीनामा दिन तयार माधव नेपाल समूहको बैठक बस्दै, भाेलि एक बजे अघि नै राजीनामा दिने

डिसी नेपाल
२६ वैशाख २०७८ ९:००

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको पहल नगरेको निष्कर्ष निकाल्दै माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्।

माधव नेपाल समूहका प्रत्यक्ष र समानुपातिक गरी करिव ३० जनाले राजीनामा दिने तयारी गरेका हुन्। शनिबार दिउँसो ललितपुरमा बसेको माधव नेपाल निकट सांसदहरुको भेलामा प्रत्यक्षतर्फका १९ जनाले हस्तक्षर गरेका थिए।

आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने नेपाल समूहको बैठकमा अन्य प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदले पनि हस्ताक्षर गरेर भोलि (सोमबार) १ बजे संसद अधिवेशन सुरु हुनु अगाडि नै राजीनामा बुझाउने तयारी भएको माधव नेपाल निटक स्रोतले जनाएको छ।

‘आजै राजीनामा दिँदा ओलीले विश्वासको मत नपाएपनि ठूलो दलको हैसियतमा राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्ती गर्ने संभावना छ,’ नेपाल निकट एक सांसदले भने, ‘अब ओलीलाई सत्ताबाट हटाउनका लागि हामीले हाम्रो करियर दाउमा राख्ने निर्णय गर्यौं। कांग्रेस र माओवादी त क्लियर नै छ। अब जसपा पनि क्लियर भएपछि नयाँ सरकार गठन हुन्छ, त्यसका लागि भोलि (सोमबार) हाम्रो तर्फका ३० जना सांसदले राजीनामा दिँदैछौ।’

राजीनामाको विषय र नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न आजै तीन बजे नेपाल समूहको बैठक बस्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *