रिसाएको हात्तीले पूरै खेत तहसनहस पार्यो तर एउटा मात्र बोटलाई किन छोड्यो ? (भिडियो)
काठमाडौं। जनावरमा पनि दया माया र बुद्धि हुन्छ भन्ने कुरा पुनः प्रमाणित भएको छ । सामाजिक संजालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एउटा रिसाएको हात्तीले पूरै खेत तहसनहस पारेको देख्न सकिन्छ । खेराको खेतमा हात्तीले ताण्डव मच्चाएर सबै केराका बोटहरु तहसनहस पारेको छ तर खेतमा एउटा केराको बोट भने सुरक्षित छ ।
This is the reason as to why elephants are called gentle giants. Destroyed all the banana trees , except the one having nests.
Gods amazing Nature?(Shared by @Gowrishankar005) pic.twitter.com/iK2MkOuvaM
— Susanta Nanda IFS (@susantananda3) May 7, 2021
पछि मानिसहरुले त्यहाँ गएर हेर्दा थाहा पाए – हात्तीले केराको जुन बोट सुरक्षित छोडेको थियो त्यो बोटमा चराको गुँड छ र त्यहाँ चराका साना साना बच्चाहरु छन् । यो घटना भारतको तमिलनाडुको एक गाउँको भएको बताइएको छ । यो भिडियो अहिले इन्टरनेटमा तीब्र रुपमा भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियो स्थानीय समाचार च्यानलको हो ।
यो भिडियो शुक्रबार भारतीय वन सेवा (आइएफएस) अधिकारी सुशान्त नन्दाले ट्वीटरमा शेयर गरेका थिए । भिडियोमा स्थानीयले हात्तीका कारण भएको नोक्सानीको अनुमान गरेका छन् । भिडियोमा मानिसहरुले यही कारण हात्तीलाई कोमल मनको ठूलो जनावर भनिने टिप्पणी गरेका छन् । सामाजिक संजालमा मानिसहरुले हात्तीको संवेदनशीलताको प्रशंशा गरेका छन् ।
Facebook Comment