अमेरिकामा कार्यरत नेपाली बैज्ञानिक भन्छन्-नेपाली नेता मुसामा लागेको क्यान्सरका बंशाणुजस्ता

वासिंगटन डिसी। अमेरिकामा कार्यरत एक नेपाली बैज्ञानिकले नेपाली नेताहरुलाई क्यान्सर रोग लागेका मुसाको बंशाणुसंग तुलना गर्दै उनीहरुको रोगको अनुसन्धान हुनुपर्ने धारणा सार्वजानिक गरेका छन्।
नेपाल फर्किऔं महाअभियानका प्रमुख अभियन्तासमेत रहेका बैज्ञानिक डा.राजेन्द्र पंगेनीले मुलुक कोभिड १९ को माहामारीले चरम संकटमा परेको र जनजीवन आक्रान्त भएको बेला पनि सत्ताको लुछाचुडीमा लागेको भन्दै आक्रोशसमेत पोखेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै डा.पंगेनीले क्यान्सरका कोषहरु निस्क्रिय पारेर क्यान्सर रोगको अध्ययन गरिएजस्तै नेपाली नेताहरुलाई पनि निस्क्रिय पारेर उनीहरुबारे अनुसन्धान गर्नुपर्ने कुरा उल्लेख गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित सिटी अफ होप नेशनल मेडिकल सेन्टरमा पीएचडीपछिको थप अनुसन्धानमा क्रियाशील बैज्ञानिक डाक्टर पंगेनीले फोक्सोको क्यान्सरको फैलावटबारे नयां तथ्या पत्ता लगाएका थिए। उनले पत्ता लगाएको तथ्यबारे थप अनुसन्धान भइरहेको छ।
नेपालको राजनीतिसंग पनि जोडिएका उनले देश विकरालस्थितिमा गुज्रिंदा पनि आफ्नो कुर्सी र कमिशनको बारेमा मात्र सोच्न सक्ने नेताहरु विकसित सुसंस्कृत देशमा खोजेर नपाइने हुँदा यी नेताहरु हाम्रा लागि चाहिं काम लाग्ने पात्रहरु हुन् भन्दै अनुसन्धान गरेर उनीहरुमा कुन जीवाणु वा तत्व रहेछ भनेर पत्ता लगाउन काम लाग्ने भन्दै व्यंग्य पनि गरेका छन्।
उनले आफ्नो स्ट्याटसमा लेखेका छन्,‘ मानिसको शरीरमा भएको फोक्सोको क्यान्सरका कोषहरु मुसाको शरीरमा रोप्दा मुसालाई पनि क्यान्सर भयो। मुसामा कुनै विरामीको क्यान्सर फैलियो, कुनै फैलिएन। उक्त ट्युमरलाई निकालेर माइनस १२० डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमाएर राखियो। त्यसो गर्दा त्यो ट्युमर त्यही स्थितिमा निस्क्रिय रहने भयो, र कोषहरु मर्ने भएनन्। अहिले त्यो फ्रोजन ट्युमरबाट कोषहरु निकालेर, हुर्काएर क्यान्सर फैलाउने खराब बंशाणुहरु अनुसन्धान गर्दैछौं ।’
उनले अगाडि लेखेका छन्, ‘त्यसैले हाम्रा नेताहरुको कुर्ची र कमिसन प्रेमलाई तल्लोस्तरसम्म क्यान्सरझैं फैलाउने त्यस्तो के रहेछ, त्यो चाहिं साच्चिकै पत्ता नलगाई नहुने भयो।’
Facebook Comment